गृहपृष्ठ सीताको मटकोर सम्पन्न, बुधबार रामसँग हुनेछ विवाह

सीताको मटकोर सम्पन्न, बुधबार रामसँग हुनेछ विवाह

sita_matkor_newskarobar

रामजानकी विवाहमहोत्सवअन्तर्गत मटकोर कार्यक्रम सम्पन्न गरिएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार बुलेका जनकपुरको धार्मिक सरोवर गंगासागरको डिलमा माता जानकीको मिथिलाको परम्पराअनुसार विधिपूर्वक मटकोर कार्यक्रम गरिएको छ ।

प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, नेकपाकी नेतृ प्रतिनिधीसभा सांसद जुली महतोलगायत हजारौको संख्यामा साधुसन्तहरुको सहभागितामा मटकोर कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट माता सीताकै रुपमा सजाइएको (सांकेतिक) दुलहीलार्इ गंगासागर लगेर विधिपूर्वक पुजापाठ गरिनुको साथै मटकोर गरिएको रामजानकी विवाहपञ्चमी महोत्सवका अध्यक्ष समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

sita_matkor2_newskarobar

मंगलबार मटकोर सम्पन्न भइसकेपछि बुधबार जनकपुरको बाह्र विघा रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम हुनेछ । राम मन्दिरबाट भगवानको प्रतिमा र जानकी मन्दिरबाट माता जानकी प्रतिमासहित (सांकेतिक) रुपमा दुलाह र दुलहीकै रुपमा सजिएर आउने राम र सीताबीच मिथिलाको परम्पराअनुसार माला फेर गरिनेछ ।

स्वयम्बरपश्चात सो प्रतिमा र जयन्तीहरुलगायतको श्रद्धालुहरु जनकपुरको नगरपरिक्रमा गर्दै साँझ ७ बजेदेखि वैवाहिक कार्यक्रमको आयोजन गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले जानकारी दिए ।

sita_matkor3_newskarobar

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु