गृहपृष्ठ निर्मलाका बाबु अस्पतालबाट घर फर्किए

निर्मलाका बाबु अस्पतालबाट घर फर्किए

yagyaraj_panta

छोरी निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनरत अवस्थामा बिरामी परेका यज्ञराज पन्त अस्पतालबाट घर फर्किएका छन् । त्रिवि शिक्षण अस्पतालबाट आइतबार उनी घर फर्किएका हुन् ।

तीन साता लामो उपचारपछि अस्पतालले उनलाई ‘डिस्चार्ज’ गरेको हो । उनी पूर्णरुपमा निको भएपछि ‘डिस्चार्ज’ गरिएको यज्ञराजको उपचारमा संलग्न डा. सरोजप्रसाद ओझाले बताए ।

छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग राख्दै अनसन बसेका यज्ञराजको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनको मानसिक स्वास्थ्यमा समस्या देखिएको भन्दै कञ्चनपुरबाट मंसिर ८ गते शिक्षण अस्पतालमा रेफर गरिएको थियो । अस्पतालमा उनी मंसिर ९ गते भर्ना भएका थिए ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु