गृहपृष्ठ घरभाडा फिर्ता गर्दै नेकपाका सांसदहरु

घरभाडा फिर्ता गर्दै नेकपाका सांसदहरु

pampha-newskarobar फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रतिनिधिसभा सदस्य पम्फा भुसालले पनि घरभाडावापत आफूलाई आएको रकम कट्टा गर्न अनुरोध गरिसकेको बताएकी छिन् । काठमाडौंमै घर भएका सांसदले पनि संसद सचिवालयबाट घरभाडा लिइरहेको समाचार प्रकाशन भएपछि सांसदहरुको चौतर्फी विरोध भएको थियो । त्यसलगत्तै भुसालले घरभाडा फिर्ता गरेकी हुन् ।

काठमाडौंमै घर भएर पनि संसद सचिवालयबाट घरभाडा लिइरहेको सूचीमा सांसद भुसालको पनि नाम रहेको प्रचार भएपछि उनले घरभाडा कट्टा गर्न अनुरोध गरेको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिइन् ।

संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न आफूले अनुरोध गरिसकेको उनले विज्ञप्तिमा जनाएकी छन् । उनले लेखेकी छिन्, ‘काठमाडौं उपत्यकामा घर भएर भाडा लिएका सांसद्को सूचीमा मेरो समेत नाम आएकोमा म आश्चर्यमा परेको छु । संसद् सचिवालयमा मेरो घर भएको उल्लेख गरेको हुँ । संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी पनि भएन । जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।’

उनले आफूले घरभाडावापत भत्ता लिइरहेको आफैलाई जानकारी नभएको बताईन् । उनले आफू आर्थिक रुपमा पारदर्शी भएको पनि विज्ञप्तिमार्फत स्पष्ट पारिन् । यसअघि नेकपाका सांसद योगेश भट्टराईले पनि आफूले घरभाडावापत लिएको रकम फिर्ता गर्न अनुरोध गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित समय १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु