गृहपृष्ठ विवाह प्रस्ताव अस्वीकार गर्दा युवतिमाथि छुरा प्रहार
विवाह प्रस्ताव अस्वीकार गर्दा युवतिमाथि छुरा प्रहार
पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्तला चौधरी गम्भीर घाइते भएका छन् । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेसनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक–पटक राखेको विवाह प्रताव सकुन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताए । जयकिशोर प्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय १५:०२ बजे

















