गृहपृष्ठ अन्य देशको कार्बन उत्सर्जनले नेपाल पीडित : राष्ट्रपति

अन्य देशको कार्बन उत्सर्जनले नेपाल पीडित : राष्ट्रपति

rastrapati-newskarobar फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशले गरेको कार्बनडाइअक्साइड उत्सर्जनको कारण नेपाल पीडित बनेको बताएकी छिन् । सिन्धुपाल्चोकको मेलम्चीस्थित गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन–२०७५ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अन्य देशको कारणले जैविक विविधता सम्पन्न भएको मुलुक अनाहकमा फस्नुपरेको बताइन् ।

प्राकृतिक सम्पदालाई जोगाउने किसिमका जैविक अनुकुलता कार्यक्रम हुन आवश्यक रहेको उनको भनाइ छ । जलवायु परिवर्तनको जोखिम कम गर्न पहलकदमी लिने बेला आइसकेको भन्दै राष्ट्रपति भण्डारीले यसबारे विद्यालयको पाठ्यक्रममा पनि समावेश गर्नुपर्ने बताइन् ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु