गृहपृष्ठ सन् २०१८ : आवेग, प्रतिशोध र उथल-पुथलको वर्ष

सन् २०१८ : आवेग, प्रतिशोध र उथल-पुथलको वर्ष

world-politics-newskarobar

केही विवाद, केही समाधान, केही नयाँ उत्साह र केही विध्वंसकारी घटनाका कारण इतिहासमा सन् २०१८ अविस्मरणीय बनेको छ । यो वर्ष कसैका लागी सुखद् सावित भएको छ भने कसैका लागि दुःखद । यिनै घटनाक्रमको सेरोफेरोमा सन् २०१८ फनफनी घुम्यो ।

विश्व राजनीतिमा उथलपुथलपूर्ण रहेको यो वर्ष धेरै र महत्वपूर्ण राजनीतिक घटनाक्रमको साक्षी बन्यो । बेलायतमा ब्रेक्जिटलाई लिएर प्रधानमन्त्री थेरेसा मेले अविश्वासको प्रस्तावको सामना गर्नुपरेको होस् या पेट्रोलियम पदार्थको मूल्यवृद्दिका कारण फ्रान्समा भएको प्रदर्शन नै किन नहोस् यी घटनाले अन्तर्राष्ट्रिय जगतमा व्यापक ‘कभरेज’ पाए ।

पाकिस्तानमा पूर्वक्रिकेटर इमरान खानको सत्तारोहणमात्र होइन, वर्षको अन्त्यतिर श्रीलंकाको राजनीतिक संकटले पनि राम्रै चर्चा पायो । त्यस्तै, पत्रकार जमाल खसोज्गीको हत्या प्रकरणले पनि विश्वलाई तरंगित बनायो ।

श्रीलंकाको राजनीतिक संकटमात्र होइन, बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई दिइएको जेल सजाय होस् या पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सुनाइएको जेल सजाय नै किन नहोस् चर्चाबाहिर रहेनन् ।

निकै लोकप्रिय मानिएका भारतीय प्रधानमन्त्रीको गिर्दो साख होस् या बंगलादेशमा शेख हसिना वाजेदले हासिल गरेको ह्याट्रिक नै किन नहोस् चर्चाको केन्द्रमा रहे । बेलायती प्रधानमन्त्री थेरेसा मे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि संसदमा अविश्वासको प्रस्ताव पनि यसै वर्ष दर्ता भयो । भलै त्यो पारित हुन सकेन । कतिपयका शब्दमा त्यसको ‘राजनीतिक महत्व’ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेला–बेलामा गर्ने टिप्पणीमात्र होइन, दुई कोरियाबीचको सम्बन्धमा आएको सुधार तथा सिंगापुरको एक होटलमा ट्रम्प र उनले गरेको भेटवार्ताले पनि अन्तर्राष्ट्रिय मिडियाको फ्रन्ट पेज ओगटे । अमेरिका-चीन ट्रेड वार तथा पत्रकार जमाल खासोग्जी हत्या प्रकरणले चर्चामात्र पाएन, चिन्ता पनि थप्यो । यी दुवै प्रकरणमा हाम्रो भविष्य छिपेको थियो ।

मिटू अभियान, माल्दिभ्समा भारतको नाकाबन्दी श्रीलंकामा राजनीतिक संकटलगायतका घटनाक्रमहरू पनि सन् २०१८ मै घटे, जसलाई संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

 

पाकिस्तानमा इमरानको उदय

सन् २०१८ मा पाकिस्तानमा पूर्वक्रिकेटर इमरान खानको उदय भयो । जुलाई २५ मा भएको निर्वाचनमार्फत पाकिस्तानी सत्ताको बागडोर इमरान खानको हातमा आयो ।

– पाकिस्तान निर्वाचनका पाँच खास कुरा

जुलाई २५ को निर्वाचनका माध्यमबाट इमरानले सत्तारोहण गरे पनि पूर्व प्रधानमन्त्री नवाज सरिफका लागि यो वर्ष सुखद रहेन । सरिफले भ्रष्टाचार मुद्दामा अदालतबाट ७ वर्षको जेल रजाय पाएका छन् । सरिफलाई सुरूमै निर्वाचन लड्न नपाउने घोषणा गरिएको थियो ।

– तर सजिलो छैन इमरानलाई

– प्रतिशोधको राजनीति र पाकिस्तानको निर्वाचन

निर्वाचनमा इमरानको पार्टी तेहरिक–ए–इन्साफ (पिटिआई)ले ‘जित’ हात पारे पनि बहुमत पाउन सकेन । त्यसैले यो निर्वाचनले खानलाई सत्ताको सिँढीमा चढाउने सम्भावना जत्तिकै राजनीतिक अस्थिरता निम्तने खतरा पनि छ भन्दै टिप्पणीहरू पनि भए । कतिपयले अस्थिरतापूर्ण पाकिस्तानी राजनीतिमा इमरान अर्को एउटा पात्र बन्ने सम्भावना रहेको टिप्पणी पनि गरे । तर, यी टिप्पणीहरूले इमरानको उदय रोक्न सकेनन् ।

 

सरिफलाई सजाय

सन् २०१८ मै पाकिस्तानी एन्टी करप्सन कोर्टले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सात वर्षको जेल सजाय सुनायो । उनलाई अल-अजिजिया स्टिल मिल्स भ्रष्टाचार मामिलामा सात वर्षको जेल सजाय सुनाइएको हो ।

अदालतले जेल सजायका साथै २.५ करोड डलरको जरिवाना पनि तिराउने निर्णय सुनाएको छ । त्यस्तै, फ्ल्यागसिप इन्भेस्टमेन्ट भ्रष्टाचार मामिलामा उनले सफाइ पाएका छन् । न्यायाधीश मालिकले फैसलामा ६८ वर्षीय पूर्वप्रधानमन्त्रीविरूद्ध अल अजिजिया मामिलामा ठोस सबुत भएको बताएका थिए ।

– पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई ७ वर्षको जेल सजाय

पाकिस्तानको सर्वोच्च अदालतले २०१७ जुलाईमा पानामा पेपर्स मामिलामा सरिफलाई अयोग्य ठहर्याएको थियो । सरिफ परिवारविरूद्ध अल अजिजिया स्टिल मिल्स, फ्ल्यागसिफ इन्भेस्टमेन्ट लिमिटेड तथा एवेनफिल्ड प्रोपर्टिज प्रकरणमा मुद्दा विचाराधीन थियो ।

 

नरेन्द्र मोदी : गिर्दो साख

पाँच राज्यबाट विधानसभा निर्वाचनको परिणाम आएसँगै भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीको भविष्यबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ । राजनीतिज्ञ, लेखक तथा विश्लेषकहरुले विधानसभाको परिणामलाई सन् २०१९ मा हुने लोकसभा निर्वाचनसँग जोडेर विश्लेषण गरेका छन् ।

विश्लेषणमा सन् २०१९ मा यी तीन राज्यमा भाजपाले ३१ सिट गुमाउन सक्ने उल्लेख छ । २०१४ मा भएको निर्वाचनमा यी तीन राज्यमा भाजपाले ६५ मध्ये ६२ सिटमा विजय प्राप्त गरेको थियो ।

– विधानसभा निर्वाचनको हारले सन् २०१९ मा मोदीलाई कस्तो असर पर्ला ?

– राहुल गान्धी र नरेन्द्र मोदीको अंकमालमा तान्त्रिक ‘ट्विस्ट’

पछिल्लो निर्वाचनले राजस्थान, छत्तीसगढ र मध्य प्रदेशमा भाजपाको लोकप्रियता कम हुँदै गएको प्रस्ट देखाएको विश्लेषकहरुले बताएका छन् । कतिपयले भने सिटका आधारमा राजस्थान र मध्यप्रदेशमा भाजपाको प्रदर्शन धेरै खराब नरहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१८ मा अविश्वासको प्रस्तावको सामना गर्नुपरेको छ । भलै त्यै पास हुन नसकोस् । तर, मोदीको समर्थक मानिएको शिव सेनाले उनका पक्षमा भोटिङ गरेन, जसले तरंग ल्याएको छ ।

– मोदीमाथि अविश्वासको प्रस्ताव, शिव सेनाले भोट नदिने

राजनीतिक उतारचढावकै क्रममा मोदीका सहयोगीले एकपछि अर्को गर्दै राजीनामा दिएका छन्, जसका कारण मोदीको राजनीतिक नेतृत्वमाथि थप दबाब सिर्जना भएको छ ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) र केन्द्र सरकारबीचको विवादले निकास नपाउँदै आरबीआईका गभर्नर डा. उर्जित पटेलले राजीनामा दिएका थिए । यसको असर भारतीय सेयर बजार र मुद्रामा देखिएको थियो भने राजनीतिक वृत्तमा यसबारे बहस भइरहेको छ ।

– भारत : उर्जित र सुरजीतको राजीनामाले मोदी सरकारलाई झट्का

– गभर्नर पटेलको राजीनामाले सेयर बजारमा हलचल

त्यतिमात्र नभई, प्रधानमन्त्री मोदीका आर्थिक सल्लाहकार परिषदका सदस्य सुरजित भल्लाले पनि राजीनामा दिए । उनले डिसेम्बर १ मै राजीनामा दिए पनि डिसेम्बर ११ मा मात्रै जानकारी गराएका हुन् । आरबीआई गभर्नरको राजीनामा गरेको भोलिपल्टै उनले ट्विट गर्दै राजीनामाबारे जानकारी गराएका हुन् । यसरी मोदीलाई उनका सहयोगीलेनै छाड्दै गएको कतिपयको टिप्पणी छ ।

 

हसिनाको ह्याट्रिक

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको शाख गिर्दै गएको भए पनि बंगलादेशमा भने शेख हसिना वाजेदको लोकप्रियता अझै घटेको छैन । हालै सम्पन्न निर्वाचनमा उनको पार्टीले बहुमत ल्याएको छ ।

– बंगलादेशमा आमनिर्वाचन : प्रधानमन्त्री शेख हसीनाको ‘ह्याट्रिक’

योसँग उनको पार्टीले लगातार तीनवटा आमनिर्वाचनमा विजय हासिल गरेर ह्याट्रिक पूरा गरेको छ । हसिनाको सत्तारुढ पार्टी आवामी लिगले ३५० संसदीय सिटमध्ये २८१ जित्दै आमनिर्वाचनमा ‘ह्याट्रिक’ गरेको हो । बंगलादेशको निर्वाचन आयोगले प्रधानमन्त्री शेख हसीनाको जितको पुष्टि गरिसकेको छ ।

बंगलादेशमा हसिना सन् २००९ देखि प्रधानमन्त्री छिन् । प्रतिपक्षी दलले जम्मा सात सिटमा जित हासिल गरेको छ । भ्रष्टाचार मुद्दामा जेलमा रहेकाले पार्टी प्रमुख खालिदा जियाबिनै निर्वाचनमा होमिएको बिएनपीले सत्तारुढ दलको सामना गर्न गठबन्धन बनाएको थियो ।

 

बंगलादेश : पूर्वप्रधानमन्त्रीलाई शृंखलाबद्ध सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई दिइएको ५ वर्षको जेल सजाय बढाएर अदालतले बढाएर १० वर्ष पुर्यायो । अनाथलय ट्रस्टको फन्डको धाँधलीको प्रकरणमा ५ वर्षको जेल सजाय काटिरहेकी जियाको सजाय बढाएर हाइकोर्टले १० वर्ष पुर्याइदिएको हो ।

– बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई श्रृंखलाबद्ध सजाय

– न्याय पाउँदिन थाह छ, हातखुट्टामा पक्षाघात छ, मलाई जहाँ शासन गर्ने हो गर- जिया

 

श्रीलंकाको राजनीतिक संकट

यस वर्षको उत्तरार्धमा श्रीलंकाको राजनीतिक संकटले विशेष चर्चा पायो । प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्त गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाउने राष्ट्रपति मैत्रिपाला सिरिसेनाको निर्णयका कारण श्रीलंकामा राजनीतिक संकट गहिरियो ।

त्यसलगत्तै विक्रमासिंघेले राजपाक्षेलाई प्रधानमन्त्री स्वीकार गर्न अस्वीकार गरे । यसबीचमा श्रीलंकाली अदालतले राष्ट्रपति सिरिसेनाको निर्णयलाई उल्टाइदियो ।

– श्रीलंकामा राष्ट्रपति सिरिसेनाद्धारा संसद् भंग, राजनीतिक संकट थप चुलिँदै

– महिन्दा राजपाक्षे : राष्ट्रपतिबाट प्रधानमन्त्रीतर्फ, होला त सन् २००४ को पुनरावृत्ति ?

– श्रीलंकामा दुई प्रधानमन्त्री !

– श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिंघेको पुनर्बहाली

 

इच्छामरण र समलिंगी यौनलाई मान्यता

भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई मान्यता दिने फैसला सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार बिरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको हो ।

अचेतन अवस्थामा उपचार गराइरहेका वा उपचार गराउँदा झन बढी बिरामी भएकाहरूलाई उपचार नगराउन पाउने व्यवस्था गर्न सकिने अदालतको आशय छ ।

– भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’ मान्यता

त्यस्तै भारतको सर्वोच्च अदालतले समलिंगी यौनलाई मान्यता दिएको छ । अदालतले दुई समलिंगीले यौनसम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिंगी यौन सम्बन्धलाई वैधानिकता दिएको हो ।

– भारतमा समलिंगी यौन सम्बन्धलाई वैधता

यससँगै एक सय ५७ वर्ष पुरानो कानुन र सन् २०१३ को एउटा फैसला उल्टिएका छन् । कतिपयले अदालतले ऐतिहासिक फैसला गरेको टिप्पणी गरेका छन् । पुरानो कानुनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिंगी यौन सम्बन्धलाई अवैध भनिएको थियो ।

 

इड्लिबको अफ्ठेरो

शक्तिराष्ट्रबीचको लडाइँका कारण सिरियाको विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा व्यापक हवाइ आक्रमण भयो । जसको असर यति भयावह थियो कि संयुक्त राष्ट्रसंघले २१औं शताब्दीकै खराब हमला हुनसक्ने टिप्पणी गर्यो ।

रूसी सहयोगप्राप्त सिरियाली सेनाले इड्लिबमा भीषण हवाई हमला गरेको सिरियाली अधिकारकर्मीहरूले बताएका छन् । सिरियामा सरकारी सेनालाई रूस र विद्रोहीलाई अमेरिकाको सहयोग प्राप्त छ ।

– इड्लिबमा व्यापक हवाइ हमला

– इड्लिब हमला २१औं शताब्दीको खराब हमला हुनसक्ने : राष्ट्रसंघ

इड्लिब प्रान्त विद्रोही नियन्त्रित अन्तिम महत्वपूर्ण क्षेत्र हो र रुसको सहयोगमा सिरियाली सरकारी फौजले त्यहाँ हमला गरेका हुन् । इड्लिबमा आक्रमणप्रति चिन्ता जनाउँदै राष्ट्रसंघले एक्काइसौं शताब्दीकै भयानक दुर्घटनालाई जोगाउने हो भने धेरै समय नलिइकन समाधानको प्रयास थाल्नु जरुरी रहेको चेतावनी दिएको थियो ।

 

थेरेसा मेका अफ्ठ्यारा

सन् २०१८ बेलायतकी प्रधानमन्त्री थेरेसा मेका लागि पनि सहज भएन । उनले ब्रेक्जिटका कारण समस्या झेल्नुपर्यो । जसका कारण उनीविरूद्ध संसदमा अविश्वासको प्रस्ताव आयो, भलै उनी विश्वासको मत जित्न सफल भइन् ।

संसदमा विश्वासको मत जिते पनि उनीविरूद्ध आफ्नै पार्टीका एक तिहाईभन्दा बढी सांसद उनीविरूद्ध खडा भए, जुन मेका लागि ठूलो चुनौतीका रूपमा विश्लेषण भयो ।

– ‘ब्रेक्जिट’ मन्त्रीको राजीनामा

– बेलायत : डेभिड डेभिसको राजीनामाले प्रधानमन्त्रीलाई धक्का

त्यस्तै। युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका मन्त्री डेभिड डेभिसले पदबाट राजीनामा दिएपछि मेमाथि थप समस्या पर्यो । मेको मन्त्रिपरिषदमा रहेका डेभिसले राजीनामा दिएपछि ब्रेक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ ।

 

दुई कोरियाको सम्बन्ध

सन् २०१८ कोरिया प्रायद्वीपका लागि सुखद र सम्बन्धमा न्यानो थप्ने वर्षका रूपमा परिणत भयो । दशकौंदेखि एक–अर्काका कट्टर दुस्मन रहेका उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा आएको न्यानोपन समकालीन विश्वको चर्चित र महत्वपूर्ण घटनाका रूपमा स्थापित भयो ।

– उत्तर र दक्षिण कोरियाको सम्बन्धमा न्यानोपन

उत्तर कोरियाली नेता किम जोङ उनले पहिलोपटक दक्षिण कोरियाको असैन्य भूमिमा पाइला टेके । दुई नेताबीच दक्षिण कोरियाली भूमिमा पर्ने पुनमुनजोमस्थित पिस हाउसमा वार्ता भएको थियो । उनीहरूले पुलमा बसेर पनि वार्ता गरे । लन्च ब्रेकपछि किम र मुनले पैदल हिँड्न बनाइएको पुलमा बसेर कुराकानी गरेका थिए । लगत्तै वृक्षारोपण गरे ।

– किम- मुन ऐतिहासिक वार्ता

उत्तर कोरियाका राष्ट्रपति किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपमा शान्तिको सन्देश प्रवाहित गरे ।

 

चर्चामा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति पनि विवादित भइरहे । अझ उत्तर कोरियाली राष्ट्रपति उन र र ट्रम्पले एक–अर्कालाई गरेको टिप्पणी पनि चर्चामा रहे । यद्यपि, यी दुई राष्ट्रपतिले सिंगापुरमा ‘ऐतिहासिक भेटवार्ता’ गरे । सोही क्रममा उत्तर कोरिया परमाणु कार्यक्रम रद्द गर्न तयार भयो ।

पूरै वर्षभर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा भइरह्यो । पूर्वराष्ट्रपति बराक ओबामाको पालामा भएको परमाणु सम्झौताबाट अलग हुने तथा इरानमाथि एकतर्फी कडा प्रतिबन्ध लगाउने ट्रम्पका कार्य विवादमुक्त भएनन् ।

– अमेरिका राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट बाहिरियो

सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने, कतिपय देशमा प्रतिबन्ध लगाउने, इजरायलको जेरूसेलममा अमेरिकी दूतावास खोल्ने जस्ता ट्रम्कका कार्यले उनले पटक-पटक आलोचित बनाए ।

– ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो : इरान

विवादित अभिव्यक्तिको क्रमलाई निरन्तरता दिँदै राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसनविरुद्ध आक्रोश पोखे । उनले भने, ‘मलाई सहयोग गर्ने महान्यायाधिवक्ता नै छैनन् ।’ त्यसबखत ट्रम्पले आफू सेसनको कार्यबाट दुःखित भएको बताएका थिए । राष्ट्रपतीय चुनावमा रुसीहरुको संलग्नतासम्बन्धी एक अनुसन्धानबाट सेसनले आफूलाई अलग राखेकामा ट्रम्पले आक्रोस पोख्दै यस्तो बताएका थिए ।

– ट्रम्पको टिप्पणी : मलाई सहयोग गर्ने महान्यायाधिवक्ता नै भएनन्

– पुटिनलाई बेकसुर भन्नु देशद्रोहबराबर : अमेरिकी मिडिया

 

ट्रम्पलाई झड्का

आफ्नै अभिव्यक्तिका कारण पटक-पटक विवादमा आइरहने अमेरिकी राष्ट्रपति ट्रम्पलाई हाउस अफ रिप्रेजिन्टेटिभमा डेमोक्रेटिकको नियन्त्रण भएपछि धक्का पुगेको छ । अमेरिकाको मध्यावधि निर्वाचनमा हाउस अफ रिप्रेन्जेटेटिभ डेमोक्रेटिक पार्टीको नियन्त्रणमा आउनु राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलो झट्का हो । मध्यावधि निर्वाचनका लागि भएको मतदानलाई ट्रम्पका लागि दुई वर्षको कार्यकाल प्राप्त गर्ने अवसरका रुपमा हेरिएको छ ।

– मध्यावधि निर्वाचनमा ट्रम्पलाई झट्का

डेमोक्रेटिक आठ वर्षपछि कांग्रेसको लोअर चेम्बर हाउस अफ रिप्रेन्जेटेटिभ्समा बहुमतमा आएको छ । अब ट्रम्पलाई आफ्ना एजेन्डालाई सहज रुपमा अघि बढाउन निकै मुस्किल पर्नेछ । यद्यपि, ट्रम्पको पार्टी अमेरिकी सिनेटमा बहुमतमा छ ।

 

अमेरिका-चीन ट्रेड वार

पुँजीवादको नमुना देश अमेरिका र राज्य नियन्त्रित अर्थतन्त्र भएको भनिएको चीनबीचको व्यापार युद्धले पूरा विश्वको अर्थतन्त्रलाई तहसनहस पार्ने खतरा बढेको छ । दुई मुलुकबीच व्यापार युद्ध चर्किंदै जाँदा विश्वअर्थतन्त्रबारे अध्ययन गरेका संस्था तथा विज्ञहरुले यस्तो चेतावनी दिएका हुन् ।

– अमेरिका-चीन ट्रेड वार : विश्व तहसनहस हुने चेतावनी, नेपाललाई कस्तो पर्ला असर ?

ट्रम्प प्रशासनले थप २ सय अर्ब डलरको चिनियाँ सामानमा ट्यारिफ लगाउने घोषणा गरेपछि चीनले पनि अमेरिकाको ६० अर्ब डलरका सामानमा ट्यारिफ लगाउने निर्णय गरेसँगै कतिपयले यसलाई दुई राष्ट्रबीचको ‘व्यापार युद्ध’का रूपमा चित्रण गरे । नयाँ ट्यारिफको घोषणा गर्दै अमेरिकाले अब चीनले जवाफी कारबाही गरेमा चीनबाट आयात हुने सबै सामानमा ट्यारिफ लगाउन सक्ने चेतावनी पनि दिएको छ ।

– व्यापारसम्बन्धी अमेरिकी आरोप चीनद्वारा अस्वीकार

– अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह

 

खासोग्जी हत्या प्रकारण

टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासमा पत्रकार जमाल खसोग्जीको हत्या भयो । यो यस्तो प्रकरण भयो, जसका कारण साउदी अरब पटक-पटक विवादमा पर्यो ।

– खसोग्जी हत्याबारे निष्कर्षमा पुग्न बाँकी छ : अमेरिका

– खसोग्गीको हत्यारालाई कठघरामा उभ्याइने : साउदी अरब

यो प्रकरणमा साउदीका युवराज मोहम्मद बिन सलमानको संलग्नता भएको भन्दै व्यापक आलोचना भयो । यो घटनाले अमेरिका र साउदी अरबबीचको सम्बन्धमा पनि चिसोपन ल्यायो ।

 

फ्रान्समा प्रदर्शन

फ्रान्समा पेट्रोल, डिजेलमा ट्याक्स बढाउने निर्णयको विरोधमा व्यापक प्रदर्शन भयो । ‘यो प्रदर्शनलाई फ्रान्सभरबाट समर्थन मिल्यो । जसले अन्य मुद्दा पनि उठायो भने हिंस्रक स्वरूप ग्रहण गर्यो ।

महँगीविरुद्धको प्रदर्शनले फ्रान्सको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको त्यहाँका अर्थमन्त्रीले बताएका छन् । तेलको बढ्दो मूल्य, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र अन्य केही मुद्दालाई लिएर फ्रान्समा मजदुरहरुले प्रदर्शन गरेका थिए ।

– फ्रान्समा इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

– प्रदर्शनका कारण फ्रान्सको अर्थतन्त्रमा भारी क्षति

सवा लाखभन्दा बढीले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएकामध्ये १२०० भन्दा बढीलाई प्रहरीले हिरासतमा लिइएको थियो । अर्थमन्त्री ब्रुनो ले माइरेले त्यस स्थितिलाई समाज र लोकतन्त्रका लागि संकट भनी टिप्पणी गरेका थिए । परिणामस्वरूप राष्ट्रपति इम्यानुएल म्याक्रोंले ट्याक्स छुट तथा न्युनतम तलब बढाउने घोषणा गर्नुपर्यो ।

 

चार खर्ब डलरको भ्रष्टाचार

विश्व वैंकको एक तथ्यांकअनुसार हरेक वर्ष एक खर्ब अमेरिकी डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । अझ जर्मनीको पसाओ विश्वविद्यालयको तथ्यांकले यस अवस्थालाई थप भयावह रहेको देखाएको छ । सो विश्वविद्यालयका अनुसार हरेक वर्ष संसारको कुल गार्हस्थ्य उत्पादनको १२ प्रतिशत अर्थात् चार खर्ब डलर भ्रष्टाचारको कारण अपचलन भइरहेको छ ।

– भ्रष्टाचारको दलदलमा विश्वका नेता, चार खर्ब डलर भ्रष्टाचारको कारण अपचलन

त्यसैगरी, ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार संसारका सरकारको सार्वजनिक खरिदको प्रक्रियामा हरेक वर्ष चार सय विलियन अमेरिकी डलर भ्रष्टाचार भइरहेको छ । यसरी भ्रष्टाचार बढ्दै जानुको पछि परिवार तथा नातेदार र आफ्नो व्यवसायको प्रभाव, देशको राज्यसंयन्त्रको अवस्था, राजनीतिक प्रतिशोध र सामाजिक मूल्य मान्यताका कारण शक्तिशाली हुने गरेको पाइएको छ ।

 

सुत्केरी प्रधानमन्त्री

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिजा अर्डनले पनि पदमा रहँदा नै छोरीलाई जन्म दिएकी छन् । सन् २०१७ अक्टुबरमा न्युजिल्यान्डकी ४०औं प्रधानमन्त्रीको रुपमा सपथ लिएकी अर्डनले छोरी जन्माएकी हुन् । उनी ३७ वर्षकी छन् । बेनजिर भुट्टोपछि प्रधानमन्त्री रहेकै बेला सुत्केरी हुने उनी पहिलो महिला बनेकी छन् ।

– अर्की प्रधानमन्त्री जो पदमा रहँदा आमा बनिन्

 

टर्कीमा फेरि एर्दोआन

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआन दोस्रोपटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । टर्कीमा राष्ट्रपति र संसदीय निर्वाचन एकसाथ भएको छ । यसअघि, एर्दोआनको एके पार्टीको शासकीय गठबन्धनले संसदमा बहुमत सुरक्षित गरेको छ ।

– टर्की निर्वाचन : राष्ट्रपतिमा फेरि एर्दोआन

 

माल्दिभ्समा भारतको नाकाबन्दी

आफ्नो प्रभुत्व खोसिने चिन्ताका बीच भारतले सन् २०१८ मा टापु राष्ट्र माल्दिभ्समा नाकाबन्दी लगायो । माल्दिभ्सको राजनीतिक नेतृत्व चीननिकट देखिएपछि भारतले उक्त कदम चालेको हो । सम्बन्ध चिसिँदै जाँदा दिल्लीले माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी उसलाई घुँडा टेकाउने रणनीति अवलम्बन गरेको हो ।

– माल्दिभ्समाथि भारतको नाकाबन्दी, अत्यावश्यक सामग्री कटौती

– माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

माल्दिभ्सविरूद्ध अघोषित रूपमा नाकाबन्दी लगाएको भारतले निर्यात खाद्यपदार्थको परिमाणमा कटौती गरेको थियो । भारतीय सञ्चारमाध्यमले माल्दिभ्समा चीनको बढ्दो प्रभावका कारण भारत र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध धराशयी बनेको बताएका थिए । यसको अर्थ माल्दिभ्समा आफ्नो प्रभुत्व खोसिनेमा उसको चिन्ता देखिन्छ ।

 

सिरियामा मानवीय संकट

सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउन करिब ४५ हजार सर्वसाधारण विस्थापित भएको राष्ट्रसंघले जनाएको छ । उक्त क्षेत्रमा द्वन्द्वका कारण यति ठूलो संख्यामा नागरिकहरू विस्थापित बनेको यो पहिलो घटना भएको राष्ट्रसंघले जनाएको छ ।

– सिरियामा द्वन्द्वका कारण ४५ हजार विस्थापित : राष्ट्रसंघ

रूसी सहयोगमा सिरियाली सरकारी फौजले विद्रोही नियन्त्रित दक्षिणी क्षेत्र खासगरी दारा प्रान्तमा हवाई तथा स्थल आक्रमण गरेको थियो । हामीले करिब ४५ हजार मानिस विस्थापित बनेका अनुमान गरेका छौं, संख्या योभन्दा बढी पनि हुनसक्छ, राष्ट्रसंघ मानवीय समन्वय कार्यालय (ओसिएचए) का प्रवक्त्ता लिन्डा टोमले भनेका थिए ।

 

चर्चामा #MeTOO

लैंगिक हिंसाविरूद्धको अभियान #MeToo ले गत वर्ष व्यापक चर्चा पायो । मिटू कै कारण कतिपय लुकेका ‘सेक्स स्क्यान्डल’ उजागर भए भने यसैको कारण कतिपयले जवाफ दिनुपर्यो ।

– लैंगिक हिंसाविरुद्धको र्यालीमा फ्रान्सेली राष्ट्रपतिको समर्थन

अरू त अरू फ्रान्सका राष्ट्रपतिले पनि मिटू को समर्थन गरे । पेरिसमा लैंगिक हिंसाविरुद्ध निकालिएको र्यालीमा ३० हजारभन्दा बढीको सहभागिता थियो । यसो हुनुमा मिटू अभियानको ठूलो भूमिका थियो ।

त्यसैलाई लक्षित गर्दै र्यालीमा आफ्नो नैतिक समर्थन रहेको फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोंले उल्लेख गरेका थिए । सो सम्बन्धमा ट्विट गर्दै म्याक्रोंले भनेका थिए– ‘महिलामाथि हुने हिंसाविरुद्ध लडाइँ जारी छ तर हाम्रो समाजले यसमा धेरै काम गर्न बाँकी छ । सबैले यसमा काम गर्नु आवश्यक छ, यो लडाइँ लड्नु आवश्यक छ । किनकि यो सबैको मुद्दा हो ।’

 

अमेरिकामा आगो

अमेरिकास्थित क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोले अमेरिकालाई नै तहसनहस बनायो । राष्ट्रपति ट्रम्पले समेत अवलोकन गरेको उक्त डडेलोमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको थियो ।

डढेलोले ठूलो मात्रामा जनधनको क्षति भएपछि राष्ट्रपति ट्रम्प सो क्षेत्रमा पुगेका थिए । स्थलगत अवलोकनपछि ट्रम्पले विगतमा जस्तै वन व्यवस्थापनमा कमजोरी भएको बताए । नोभेम्बर ८ देखि लागेको थियो । प्याराडाइज नगरका करिब १० हजार निजी घर र दुई हजार ५०० भन्दा बढी अन्य भवन ध्वस्त भएका छन् । ठूलो मात्रामा भएको भौतिक क्षतिको पुनर्निर्माणमा केही वर्ष लाग्ने बताइएको छ ।

– क्यालिफोर्नियाको डढेलो क्षेत्रमा पुगे ट्रम्प, ७६ को मृत्यु, १ हजार बेपत्ता

– अमेरिकामा आगलागीको वितण्डा, ४४ को मृत्यु, २२८ बेपत्ता

 

विवादमा सुकी

म्यानमारकी नेतृ आङ साङ सूकीलाई प्रदान गरिएको सर्वोच्च सम्मान मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले फिर्ता लिएको छ । एम्नेस्टीले सुकीबाट प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको कदर स्वरुप प्रदान गरेको सर्वोच्च सम्मान फिर्ता लिएको हो ।

अल्पसंख्यक रोहिन्ग्याँ समुदायका लाखौं विस्थापित र हिंसाका कारण हजारौं ज्यान जाँदासमेत मौन बसेको भन्दै सम्मान फिर्ता लिएको एम्नेस्टीले जनाएको छ । प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई एम्बेसडर अफ कन्साइन्सस अवार्ड दिइएको थियो ।

– म्यानमारकी नेतृ सूकीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता

 

भेनेजुएलामा आर्थिक संकट

तेल निर्यातमा आश्रित भेनेजुएलामा सन् २०१५ देखि सुरू आर्थिक तथा राजनीतिक संकटका कारण करिब २० लाख नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।

– भेनेजुएलाका २० लाख नागरिक विस्थापित : राष्ट्रसंघ

राष्ट्रपति निकोलस मडुरोको सरकारविरुद्ध विपक्षी दल र नागरिक समाजले आन्दोलन गर्न थालेपछि भेनेजुएलाको आर्थिक तथा राजनीतिक संकट थप जटिल बन्न पुग्यो । हरेक दिन पाँच हजारले भेभेजुयला छाड्ने गरेको संयक्त राष्ट्रसंघीय निकायले दावी गरेको थियो ।

 

इरानको सैन्य कवाजमा आक्रमण

इरानमा सैन्य कवाजमा एक लडाकु समूहले गरेको आक्रमणमा परी २५ जनाको मृत्यु भयो । सैन्य परेड भइरहेको स्थलमा आतंकवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला र बालबालिकासमेतको मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई जना लडाकु समूहका थिए । घटनामा ५३ जना घाइते भएको बताइएको छ । आक्रमणकारीले मञ्चमा रहेका सैन्य अधिकारीलाई निशाना बनाएका थिए ।

– इरानमा सैन्य कवाजमा आक्रमण, २५ जनाको मृत्यु

– इरान आक्रमण : अन्त्येष्टि समारोहमा दशौं हजारको सहभागिता

इरानी अधिकारीले उक्त आक्रमणमा खाडी मुलुक साउदी अरबका सहयोगी तथा अमेरिकाको हात रहेको बताइएको अरबी पृथकतावादी समूहको आक्रमणको विरोध र मृतकका आफन्तप्रति सहानुभूति जनाउन दशौँ हजार मानिस घटना भएको सहर अहभाजमा भेला भएका थिए ।

 

सुडानमा स्थायी युद्धविराम

लामो समयदेखि गृहयुद्धको चपेटामा परेको दक्षिण सुडानमा सन् २०१८ मै स्थायी युद्धविराम भएको छ । ‘स्थायी युद्धविरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेका छन्’ सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले युद्धबिरामको जानकारी दिँदै गर्दा भनेका थिए ।

– दक्षिण सुडानमा स्थायी युद्धविरामको सम्झौता

दक्षिण सुडानका राष्ट्रपति किर र विद्रोहीतर्फका नेता माचारले सुडानका राष्ट्रपति ओमर अल बसिरको उपस्थितिमा स्थायी युद्धविराम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि पनि यस्तै थुप्रै युद्धविराम सम्झौता भएका र तिनीहरूको उल्लंघन पनि भएका छन् । प्रायः सम्झौता दक्षिण सुडानभन्दा बाहिरी देशहरूमा भएका छन् ।

 

गत वर्षका थप चर्चित अन्तर्राष्ट्रिय समाचार

५० हजार वर्षअघि आदि मानवबीच भएको सेक्स प्रमाण भेटियो

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वैज्ञानिकको अनौठो खोज : कुकुरले पत्ता लगाउनेछ मलेरिया

पर्क सोलर प्रोब : सूर्यको सबभन्दा नजिक पुग्ने यान

वायु प्रदुषणले वर्षेनी ६ लाख बालबालिकाको मृत्यु

आगामी ६ वर्षमा गर्भवती महिलाले अन्तरिक्षमा बच्चा जन्माउने

कति सुरक्षित छ डोनाल्ड ट्रम्पको फोन कल ?, चिनिया र रुसी जाशुसले सुन्छन् : खुफिया एजेन्सी

अफगानिस्तानमा किन रोकिँदैन युद्ध ? यस्ता छन् पाँच कारण

एक शताब्दीपछि टाइटानिकको पुनरागमन हुने

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

चीनसँग किन सम्बन्ध गाढा बनाउँदै छ रुस ?

एसियाली सेयर बजारमा भारी गिरावट

अब हाइड्रोजन रेल

मेक्सिकोमा नौजना पत्रकारको हत्या

अफगानिस्तानमा ११ वर्षमा १३ ठूला आक्रमण, एक हजार ६० को मृत्यु

पिएचडी गरेका ३७ सयले पिउन पदमा आवेदन दिएपछि..

अमेरिकालाई टर्कीको जवाफ– तिमीहरुसँग डलर छ भने हामीसँग अल्लाह छन्

इरानी राष्ट्रपतिको चेतावनी– मिस्टर ट्रम्प ! बाघको पुच्छर समाएर खेल्ने चेष्टा नगर्नुस्

मंगल ग्रहमा ताल भेटियो

इन्डोनेसियामा १६ मजदुरको बीभत्स हत्या

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु