गृहपृष्ठ नवनियुक्त प्रधानन्यायाधीश राणाले लिए पद तथा गोपनीयताको सपथ
नवनियुक्त प्रधानन्यायाधीश राणाले लिए पद तथा गोपनीयताको सपथ
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा (फाइल तस्बिर)
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश राणाले पद तथा गोपनीयताको सपथ लिएका हुन् । हिजोमात्रै संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा राणालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।
२०५२ सालमा पुनरावेदन अदालतको न्यायाधीशका रुपमा सेवा प्रवेश गरेका राणा चार वर्ष सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहनेछन् ।
प्रकाशित समय ११:२९ बजे

















