गृहपृष्ठ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन् । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय ०९:०५ बजे

















