गृहपृष्ठ ग्रीनलाइफ हाइड्रोले साधारण सेयर बिक्री गर्ने
ग्रीनलाइफ हाइड्रोले साधारण सेयर बिक्री गर्ने
नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई १८ करोड रुपैया बराबरको १८ लाख कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ ।
बोर्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण सेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर बिक्री गरेपछि सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।
सो कम्पनीको शेयर बिक्री प्रबन्धक काठमाडौँ क्यापिटल लिमिटेड हो । कम्पनीले दोलखामा खानीखोला ‘एक’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । आयोजनाको क्षमता ४० मेगावाट छ तर हाल सो आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।(रासस)
प्रकाशित समय ०८:५५ बजे

















