गृहपृष्ठ श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महीना कैद

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महीना कैद

जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ ।

अदालतले भोजपुर नगरपालिका-९ पानीट्याङ्की बस्दै आएका हेटौंडा उपमहानगरपालिका-३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।

तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
रासस

प्रकाशित समय १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु