गृहपृष्ठ जनकपुरमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति

जनकपुरमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति

nea_janakpur

नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले धनुषामा जथाभावी रुपमा हुकिङ गरि विद्युत चुहावट नियन्त्रण कार्यलाई तीव्रता दिएको छ । विद्युत चुहावट नियन्त्रण गर्ने अभियानको थालनी गरेको विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले बढी विद्युत चुहावट हुँदै आएको क्षेत्रलाई लक्षित गरी अभियानलाई तिव्रता दिएको हो ।

जनकपुर वितरण केन्द्रबाट ३५ प्रतिशतको हाराहारीमा विद्युत चुहावट भइरहेकाले यस वर्ष ७ प्रतिशतको हाराहारीमा विद्युत चुहावट रोक्ने प्राधिकरणको योजना छ । विद्युत चुहावट दर घटाउन अभियानको थालनीको क्रममा जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका, हंसपुर नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, औरही गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा गरेको अनुगमनले सिंगल फेज तर्फ २ हजार ५ सय ८५ वटा मिटरधारिलाइ कार्बाही गरिएको छ ।

अनुगमनकै क्रममा थ्रि फेज तर्फ ३ सय ९० र टियुडी मिटर तर्फ ८ जनालाई कार्बाही गरिएको जनकपुर केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले जानकारी दिए ।

आर्थिक बर्ष २०७५/७६ को साउनदेखि हालसम्म हुकिङ्गको अभियोगमा १ हजार ५ सय ६० जनालाई कार्बाही गरिएको छ । कार्बाही वापत प्राधिकरणलाई ३३ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । मिटरबाट चोरी गरेको अभियोगमा १३ जनामाथि कार्बाही गरिएको छ ।

हुकिङ्ग नियन्त्रण अभियानअन्तर्गत १ सय ३६ जनालाई कार्बाही गरिएको छ, जसबाट  २० लाख ६ हजार रुपैयाँ राजश्व संकलन भएको प्राधिकरणले जनाएको छ ।

विद्युत महशुल नबुझाउने ५ सय ६१ जनाको घरको लाईन काटिएको छ । घरको लाइन काट्दा पुनः लाइन जोडाउन ग्राहकबाट बाँकी बिलमध्ये १ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरिएको जानकारी दिएको छ ।

प्रकाशित समय १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु