गृहपृष्ठ बाजुरामा छाउगोठ आगलागीमा दुई छोरासँगै आमाको मृत्यु
बाजुरामा छाउगोठ आगलागीमा दुई छोरासँगै आमाको मृत्यु
बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा मंगलबार राति छाउगोठमा आगलागी हुँदा दुई छोरासहित आमाको ज्यान गएको छ ।
कपडा मात्रै जलेका कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृत्यु हुनेमा ३५ वर्षीया अम्बा बोहरा र उनका छोराहरु ९ वर्षीय सुरेश र ७ वर्षीय रमित छन् । बिहान अबेरसम्म पनि छाउगोठको ढोका नखुलेपछि गोठभित्र हेर्दा उनीहरु मृत अवस्थामा भेटिएको स्थानीयको भनाइ छ ।
जिल्ला प्रहरी प्रमुखसहितको टोली सदरमुकामबाट घटनास्थलतर्फ हिँडेको बताइएको छ । घटनास्थल पुग्न मार्तडीदेखि ५ घण्टा पैदल हिड्नुपर्छ ।
प्रकाशित समय ११:२५ बजे

















