गृहपृष्ठ नेपालमा ८ म्याग्नेचुटभन्दा सुपर-भूकम्प जाने चेतावनी 

नेपालमा ८ म्याग्नेचुटभन्दा सुपर-भूकम्प जाने चेतावनी 

Bhukamapa_NewsKarobar

२०७२ सालको महाभूकम्पबाट नेपालले ठूलो धनजनको क्षति व्यहोरेको लामो समय नबित्दै वैज्ञानिकहरूले जुनसुकै बेला नेपालमा महा-भूकम्प जाने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय नेचर पब्लिकेसनमा प्रकासित एक शोधमा आधारित रहेर नेसनल जोग्राफीद्वारा प्रकासित यो समाचार सामग्री न्युज कारोबारले जनचेतना जगाउने उद्देश्यले सम्पादनसहित प्रकासित गरेको हो । रिसर्च आर्टिकलका मूल सामग्री यहाँबाट अध्ययन गर्न सकिन्छ ।

०७२ वैशाखको महाभूकम्पका कारण जमिनमुनी ५० किलोमिटर लामो चिरा (फल्ट) बनेको भए पनि त्यसको पूर्ण सञ्चित शक्ति नबाहिरिएका कारण नेपालमा जुनसुकै बेला अर्को ठूलो भूकम्प जाने चेतावनी वैज्ञानिकहरूले दिएका हुन् । अनुसन्धानकर्ताहरूले नेपालमै विभिन्न  स्थानमा जडान गरिएको जीपीएसमा आधारित अध्ययनहरूका फरक फरक निचोडमा टेकेर इटीएस ज्युरिखमा रहेको इयुलर मेनफ्रेम कम्प्युटरका माध्यमबाट प्रति कम्पन (सिमुलेसन) उत्पन्न गरेका थिए ।

नेपाल, भारतीय र युरेशिया प्लेटको बीचमा अवस्थित भएका कारण यी प्लेटोहरू आपसमा जुध्दा नेपालमा भूकम्प जाने गर्छ । भारतीय प्लेट यूरेसयन प्लेटोका मुनितिर धसिँदै जाँदा भारतीय उपमहाद्वीप हरेक वर्ष चार सेन्टिमिटरसम्म उत्तरतिर सर्ने गरेको छ । यो २ हजार किलोमिटर लामो फल्ट लाइनमा यी दुवै प्लेटोहरू एकआपसमा जुद्धा ठूलो मात्रामा फल्ट लाइन बन्न पुग्छ । यसरी जमिनमुनि लगातार शक्ति सञ्चय हुँदै जाँदा पृथ्वीमा उत्पन्न तनाब कुनै पनि बेला फ्याँकिदा (रिलिज हुँदा) प्लेटोहरू एक अर्काबाट टाढा सर्छन, परिणामस्वरूप नेपाल र हिमालयको दक्षिणी भूभागमा ठूलो भूकम्प जाने गर्छ ।

२०७२ वैशाखको भूकम्प ७.८ म्याग्नेच्युटका भए पनि त्यसले चाहिएजति चिरा उत्पन्न गर्न नसकेकाले नेपालको भूभाग मुनि व्यापक शक्ति सञ्चित भएर बसेको र त्यो जुनसुकै बेला बाहिरिने भएकाले भूकम्पीय जोखिम अत्याधिक रहेको अध्ययनको निचोड छ ।

यस पटक वैज्ञानिकहरूले यूरेसियन र भारतीय प्लेटोहरूका बीचका क्षेत्रको अध्ययनका लागि नयाँ कम्प्युटर मोडल उपयोग गरेका थिए भने टुक्रिने क्षेत्रका  जोडिएका उपक्षेत्रमा हुने कम्पन चक्रलाइ हाइरिजोलुस सिमुलेसन विधिबाट अध्ययन गरेका नेसनल जोग्राफीले लेखेको छ । ०७२ वैशाखको महाभूकम्पले टुक्रिने क्षेत्रमा तनाब कम गरेको भए पनि अझै जोखिम रहेको उल्लेख छ ।

“सन् २०१५ को भूकम्पका क्रममा  दुइ महाद्वीपीय प्लेटोहरूलाइ अलग्याउने क्रममा थोरैमात्र शक्ति बाहिरिएको छ,” अध्ययनमा सहभागी वैज्ञानिक एवं अध्ययनका प्रमुख लेखक, लुका दाल जिलियोले भने- जमिनका सतह र त्यसभन्दा मुनिको रप्टर क्षेत्र अझै अलग्गिएका छैन र अझै तनाबयुक्त रूपमा रहेका छन् ।

उनका अनुसार अधुनिक प्रविधियुक्त परीक्षणाले निकट भविष्यमै ८.१ वा त्यसभन्दा ठूलो भूकम्प जाने देखिएको छ । जब यो शक्ति बाहिरिन्छ, त्यसले हाल बनेको टुक्रेको क्षेत्र (फल्ट लाइन)लाइ टुक्र्याउने छ र त्यो चिरा पृथ्वीको सतहसम्म विस्तारित हुनेछ ।

यद्यपि वैज्ञानिकहरूले भूकम्प कुन महिना, वर्ष वा दशकम जान्छ भन्ने विषयमा भविष्यवाणी गर्न नसकिने स्पष्ट पारेका छन् ।

“यदि यस्तो भविष्यवाणी गर्न सकिएमा हिमालय क्षेत्रमा बस्ने लाखैंका ज्यान बचाउन, धनसम्पत्ति रक्षा गर्न सकिने थियो, ” अध्ययनमा सहभागी वैज्ञानिकहरूले भनेका छन् ।

डरलाग्दो विगत

सन् १९५० मा भारतका असम क्षेत्रमा गएको भूकम्प ८.६ म्याग्नेच्यूटको थियो, जसको चिरा (फल्ट लाइन) सैयैं किलोमिटरसम्म फैलिएको थियो । त्यसपूर्व सन् १५०५ मा गएको भूकम्पका प्रभाव ८०० किलोमिटरसम्म विस्फोट उत्पन्न गर्नसक्ने पर्याप्त शक्तिका साथ गएको थियो ।

ठूलो भूकम्प वा महाभूकम्पलाइ वैज्ञानिकहरूले सुपर भूकम्पका नाम दिएका थिए, जुन ४०० देखि ६०० वर्षका अवधिमा गएको देखिन्छ । गोरखा केन्द्रविन्दु भएर गएको करिब ८ रिक्टरस्केलका भूकम्पले अफूले छोड्नुपर्नेजति सञ्चित उर्जा बाहिर ननिकालेको सिस्मोलोजी र जियोडायनामिक्सका प्राध्यापक एडी किलिङ्ग बताउँछन् ।

गोरखा भूकम्पजस्ता “मध्यम आकार”का भूकम्प औसतमा सय वर्षका अवधिमा जाने गरेको छ । बिसं १९९० र २०४५ सालका भूकम्प मध्यम खालका भूकम्पमात्र भएको वैज्ञानिकहरूको ठहर छ ।

 

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु