गृहपृष्ठ एनसेल कर छली प्रकरणबारे सर्वोच्चको पूर्ण इजलासमा छलफल हुँदै
एनसेल कर छली प्रकरणबारे सर्वोच्चको पूर्ण इजलासमा छलफल हुँदै
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गरेको कर छलीका सम्बन्धमा सुनुवाइका लागि सर्वोच्च अदालतले वृहत् पूर्ण इजलास गठन गरेको छ ।
एनसेल प्रालि बिक्रीवापत सरकारलाई तिर्नुपर्ने लाभकर सहित करीब ७१ अर्ब रुपैयाँ नतिरेको बारे सुनुवाइका लागि आज सर्वोच्चमा वृहत पूर्ण इजलास बस्ने भएको हो । निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई तिर्नुपर्ने लाभकर विषयमा इजलासले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ । यसअघि संसद्का अर्थ समिति र सार्वजनिक लेखा समितिले समेत एनसेलको करछली प्रकरणमा सरकारका सम्बन्धित अधिकारीहरूलाई बोलाएर पटक पटक निर्देशन दिँदै आएका थिए ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्द माहेन भट्टराई र टंकबहादुर मोक्तान सम्मिलित वृहत पूर्ण इजलास गठन भएको छ ।
मलेसियन कम्पनी एक्जियटालाई एनसेल बिक्री गर्दाको कर नेपाल सरकारलाई नतिरी स्विडिस कम्पनी टेलिया सोनेरा नेपालबाट फिर्ता भइसकेको छ ।
प्रकाशित समय ११:५४ बजे

















