गृहपृष्ठ प्रधानमन्त्री ओली झापामा
प्रधानमन्त्री ओली झापामा
यस्तो छ कार्यतालिका
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार झापा पुगेका छन् । जिल्लाका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने उनी झापा गएका हुन् । प्रधानमन्त्री ओली दमक र भद्रपुरमा हुने कार्यक्रममा सहभागी हुन झापा गएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका छन् ।
ओलीको सचिवालयका विकास निर्माण संयोजक होमबहादुर थापाका अनुसार दमकमा आयोजित बाल महोत्सवको उद्घाटनपछि प्रधानमन्त्री ओली कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माविमा हुने स्वर्ण महोत्सव समारोहमा पुग्नेछन् । त्यसछि उनले भद्रपुरस्थित मेची नदीको पुल उद्घघाटन गर्ने कार्यतालिका छ ।
बिहीबार साँझ ५ बजे प्रधानमन्त्रीले चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गर्नेछन् । उद्घाटन गरेकै जहाजबाट प्रधानमन्त्री ओली काठमाडौं फर्कने तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ ।
बिहीबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुअघि चन्द्रगढी विमानस्थलमा रात्रिकालिन उडानको परीक्षण गरिएको छ । आइएफआर सेवा डे नाइट सञ्चालनका लागि विमानस्थलमा बत्ती जडानसहित सबै काम सकिएकाले उद्घाटनपूर्व बुधबार साँझ परिक्षण उडान गरिएको चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले बताए ।
प्रकाशित समय ११:५५ बजे

















