गृहपृष्ठ काठमाडौं जिल्ला अदालतका नासु घुससहित पक्राउ
काठमाडौं जिल्ला अदालतका नासु घुससहित पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जिल्ला अदालतका नायब सुब्बालाई घुससहित पक्राउ गरेको छ । जिल्ला अदालतका नासु भोलानाथ चालिसेलाई अख्तियारको टोलीले ५ लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग सवारी ज्यान मुद्दा सहज गराइदिने भन्दै घुस मागेपछि अख्तियारले उनको निगरानी गरिरहोको जानकारी दिएको छ । सोही क्रममा चालिसे घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
प्रकाशित समय १५:०० बजे

















