गृहपृष्ठ सार्वजनिक यातायातमा पाकेटमारी गर्ने ५ भारतीय महिला पक्राउ

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने ५ भारतीय महिला पक्राउ

pakrau-arrest-newskarobar

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिंकी चमार र सोनी चमारलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कुँवरको ५२ हजार रुपैयाँ पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको जानकारी दिए ।

‘सार्वजनिक सवारीमा धकेलाधकेल गरी पैसा चोरेको अनुसन्धानमा खुलेको छ’, उनले भने । पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।(रासस)

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु