गृहपृष्ठ अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार रेकर्ड : सन्दीप जोराको अर्को कीर्तिमान

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार रेकर्ड : सन्दीप जोराको अर्को कीर्तिमान

sandeep-jhora-newskarobar

यूएईविरुद्धको एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै रोहितकुमार पौडेलले नयाँ रेकर्ड बनाएको साता नबित्दै अर्का ब्याट्सम्यान सन्दीप जोराले टि-ट्वान्टी क्रिकेटमा कीर्तिमानी ब्याटिङ गरेका छन् । क्रिकेटर सन्दीप जोराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका हुन् । उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको डेब्यू खेलमा अविजित ५३ रन बनाएका हुन् ।

यसअघि उक्त कीर्तिमान क्यानडाका हिरल पटेलको नाममा थियो । हिरलले २०१० मा १८ वर्ष १ सय ७७ दिनको उमेरमा आयरल्यान्डविरुद्ध अर्धशतक बनाएका थिए । जोराले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ३ चौका र १ छक्काको मद्धतमा अविजित ५३ रन बनाएका हुन् । यद्यपि, टी-२० सिरिजको पहिलो खेलमा नेपालले यूएईसँग भने २१ रनको हार व्यहोरेको छ ।

प्रकाशित समय २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु