गृहपृष्ठ प्रदेश ५ को राजधानी र नाम चाँडो टुंग्याऊ : मगर संघ

प्रदेश ५ को राजधानी र नाम चाँडो टुंग्याऊ : मगर संघ

magar-sangh-newskarobar

नेपाल मगर संघ प्रदेश ५ को प्रथम अधवेशन बुटवलमा सुरु भएको छ । मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले छिटोभन्दा छिटो राजधानी र नामकरण टुंग्याउनको लागि आग्रह गरे ।

कार्यक्रममा प्रदेश ५ का सांसद वसन्त घर्तीले मगरात एउटा जाति नभई सभ्यतासमेत भएको भन्दै प्रदेश ५ को नामकरण हुुँदा पहिचानसमेतको हुुनुुपर्ने बताए । केन्द्रीय उपाध्यक्ष गुुरु घर्तीमगरले नेपाल मगर संघले सरकारलाई पटक–पटक जानकारी गराए पनि मागलाई सम्बोधन नगरेको आरोप लगाए ।

कार्यक्रममा पूर्वसांसद बमकुुमारी बूढाले मगर समुुदायको साक्षरतालाई प्राथमिकता दिन र समयसापेक्ष आफ्ना माग उठाउन अनुुरोध गरिन् । मगर संघका पूर्वअध्यक्ष महेन्द्र थापामगरले मगरात प्राप्तिको आन्दोलनमा सबै मगर समुुदायमात्र नभई मगरात भुूमिमा बस्ने सबै जातजातिको उत्तिकै भूमिका हुुनुुपर्ने बताए ।

मगर संघका भाषिक उपाध्यक्ष दलबहादुुर बिरकट्टा, मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुुले मगर, गिता सारु, प्रदेश ५ का संयोजक डिबी पुुनलगायतले बोलेका थिए । कार्यक्रममा मगर संस्कृति झल्कने झाँकी र विभिन्न नृत्यसमेत प्रस्तुुत गरिएको थियो । अधिवेशनमा प्रदेश ५ का १२ जिल्लाका हजारौंको उपस्थिति थियो । दुुई दिनसम्म चल्ने अधिवेशनले मगर संघ प्रदेश ५ को नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु