गृहपृष्ठ इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी
इंग्लिस प्रिमियर लिगमा न्युक्यासललई टोटनह्यामले पराजित गरेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले न्युक्यासलमाथि १–० को जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा टोटनह्यामका लागि ८३औं मिनेटमा सन हिउङ मिनले गोल गरेका थिए । फर्नान्डो लोरनेटले दिएको पासलाई सन हिउङ मिनले २० यार्ड टाढाबाट उत्कृष्ट गोलमा परिणत गरेका थिए ।
सोही गोल टोटनह्यामको जितका लागि पर्याप्त बन्यो । जितसँगै अंकतालिकामा तीन अंक थपेको टोटनह्याम लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ६१ अंक छ भने दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको ५७ अंक छ । म्यानचेस्टर सिटी ५६ अंकका साथ तेस्रो स्थानमा छ ।
प्रकाशित समय ०६:५८ बजे

















