गृहपृष्ठ काश्मिरी जनताको अधिकार सम्मान गर्न पाकिस्तानको आग्रह

काश्मिरी जनताको अधिकार सम्मान गर्न पाकिस्तानको आग्रह

majhar jabad newskarobar

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको समस्या वार्ताकै माध्यामबाट समाधान गर्न पाकिस्तान दृढ रहेको बताएका छन् ।

नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा राजदूत जावेदले यस्तो बताएका हुन् ।

सन् १९४७ मा काश्मिरमा भारतीय सैनिकको आक्रमणमा परी हजारौं नागरिक मारिएका थिए । सोही  सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा राजदुत जावेदले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिवद्धता भारतले कार्यान्वयन नगरेको आरोप लगाए ।

सन् १९४७ मा भारतीय सेनाले आफ्नो नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रुपमा मनाउँदै आएको छ । राजदूत जावेदले काश्मिरमा आक्रमण बन्द गरेर शान्तिको पक्षमा उभिन पनि भारतलाई आग्रह गरे ।

उनले जम्मु-काश्मिर समस्या समाधानका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार जनमत संग्रहमा जानुपर्ने आष्फ्नो राष्ट्रको अडान रहेको पनि स्पष्ट पारे । जम्मु-काश्मिरको स्वामित्वको विषयलाई लिएर पाकिस्तान र भारतबीच लडाँई हुँदा हजारौंले ज्यान गुमाउनु परेको छ । सोही विषयलाई लिएर पाकिस्तान-भारतबीचको सम्बन्ध पनि तनावपूर्ण रहँदै आएको छ ।

राजदूत जावेदले पाकिस्तान र नेपालीबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै दुवै देश सुखदुःखका साथी भएको बताए । राजदुत जावेदले नेपाल-पाकिस्तानबीच एक अर्काको आन्तरिक मामलामा अहस्तपेक्षको नीति रहेको पनि स्मरण गराए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरु, पूर्व राजदुतहरुलगायतको उपस्थिति थियो ।

प्रकाशित समय १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु