गृहपृष्ठ नेकपा पार्टी समायोजन कार्यदलकाे विवाद छरपस्ट

नेकपा पार्टी समायोजन कार्यदलकाे विवाद छरपस्ट

nekapa-building_newskarobar

नेकपाको पार्टी एकता प्रस्ताव गर्न बनाइएको कार्यदलभित्रको विवाद छरपस्ट भएको छ ।

गृहमन्त्रीसमेत रहेका संयोजक रामबहादुर थापाले बिहीबार सचिवालय बैठकको निर्देशनअनुसार अपुरो प्रतिवेदन बुझाएपछि विवाद चर्केको हो । डेढ महिनासम्म पनि कार्यदलले प्रस्ताव ल्याउन नसकेपछि गत सोमबारको सचिवालय बैठकले जे अवस्थामा छ, त्यही प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

प्रतिवेदन तयार गर्न बिहीबार बसेको बैठकमा सदस्यहरूबीच कुरा नमिलेपछि थापाले अहिलेसम्मका विषय समेटेर प्रतिवेदन बुझाएका थिए । अन्य सदस्यले भने सहमति भएका र नभएका विषय छुट्याएर बनाउनुपर्ने माग गर्दा थापाले एकलौटी गर्दै समायोजनको जिम्मा सचिवालयमै फर्काउने मनसायसहितको प्रतिवेदन पेश गरे ।

वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, वेदुराम भुसाललगायतले प्रतिवेदनका विषयमा आपत्ति जनाएका छन् । सहमति खोज्न कार्यदलको सघन बैठक नबसेको भन्दै उनीहरूले दिइएको जिम्मेवारी पूरा गरेर मात्र प्रतिवेदन बुझाउनुपर्ने उनीहरुको माग थियो ।

अन्य सदस्यले छुट्टै प्रतिवेदन तयार गर्ने चेतावनी दिएपछि कार्यदल बैठक शुक्रबार पनि बस्ने भएको छ । नेकपाभित्र तल्लो तहको एकीकरण नहुँदा संगठनहरू अलपत्र बनेका छन् ।

प्रकाशित समय ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु