गृहपृष्ठ स्वतन्त्रता माग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ : सञ्चारमन्त्री

स्वतन्त्रता माग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ : सञ्चारमन्त्री

आफ्नो स्वतन्त्रता माग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । बुधबार सामुदायिक रेडियो प्रसारक संघ अकोराबको रेडियो राष्ट्रिय सम्मेलनमाको उद्धघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मिडिया सत्यपरक हुनुपर्नेमा जोड दिँदै मन्त्री बाँस्कोटाले भने, ‘मिडिया शक्तिशाली हुन्छ र मिडियाले बास्तविकता बाहिर ल्याउने स्वतन्त्रता पनि छ । तर आफ्नो अधिकार प्रयोग गर्ने क्रममा अरुको अधिकारको पनि ख्याल गर्न सक्नुपर्दछ ।’

देशभरका सामुदायिक रेडियोहरु न्युनतम् पारिश्रमीक नतोकेको भएर बन्द हुने अवस्थामा छन् भन्ने हल्ला मात्र उनको भनाई थियो । उनले भने, ‘सामुदायिक रेडियोहरुले न्युनतम् पारिश्रमिक लागु गर्नुपर्दछ । त्यो अनिवार्य हुन्छ ।’

त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारको विकासले नै ठूला ठूला युद्धमा समेत जित भएकोले मिडियाको भूमिका हरेक विकास निर्माण र सफलतामा भएको बताए । उनले भने, ‘देशभरका सामुदायिक रेडियोहरुले देशमा ठूला परिवर्तन ल्याउने कुरामा अहम् भूमिका खेलेका छन् । त्यसलाई सरकारले भुल्नु हुँदैन ।’

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु