गृहपृष्ठ खेलबाट संयमता सिक्न कांग्रेसलाई मुख्यमन्त्रीको सुझाव

खेलबाट संयमता सिक्न कांग्रेसलाई मुख्यमन्त्रीको सुझाव

shankhar_pokharel

प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी दल नेपाली कांग्रेसलाई संयमता अपनाउन सुझाव दिएका छन् । खेलको मैदानमा हारसँगै खेलाडी संयम भएजसरी नै विपक्षी दललाई संयमता अपनाउँन उनले सुझाव दिएका हुन् ।

राजनीतिक परिवर्तनमा योगदान दिने सहिदहरुको स्मृतिमा बुटवलमा आयोजना गरिएको सहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको हरेक राजनीतिक परिवर्तनमा सहिदको योगदानलाई भुल्न नहुने बताए ।

राजनीतिक परिवर्तनपछि शान्तिको बाटोमा अघि बढ्दै विकास र समृद्धिको बाटोमा अघि बढाउने काममा सरकार लागेको उनको भनाइ थियो ।

नेपालको संविधान विश्वमा नै जनतामैत्री रहेको दाबी गर्दै उनले मुलुक समाजवाद उन्मुख बाटोमा अघि बढेको दावी गरे । सरकारले आजैको दिनबाट प्रधानमन्त्री युवा रोजगार घोषणा कार्यक्रम गरेर बेरोजगार युवाहरुलाई सम्बोधन गर्ने बताए ।

‘प्रत्येक बेरोजगार युवालाई सय दिनको सुनिश्चितता हुनेछ,’ उनले भने । हरेक नागरिकको अधिकारको रुपमा सय दिनको बेरोजगारी भत्ता दिने उनले बताए ।

युवाहरुको विकास र समृद्धिमा आजको दिने स्मरणीय हुने भन्दै उनले बलिदानीको दिनका लागि नभई राष्ट्रिय निमार्णको अभियानका रुपमा रुपान्तरणको दिन भएको बताए । खेलाडीहरुको बीचमा तालमेल मिलाउन सके खेलमा जित हासिल गर्न सकिने भन्दै खेलमा टिम स्प्रिट महत्वपूर्ण हुने उनले बताए ।

प्रकाशित समय १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु