गृहपृष्ठ मेलम्चीले चिनियाँ कम्पनीबाट धरौटीको डेढ अर्ब पाउने

मेलम्चीले चिनियाँ कम्पनीबाट धरौटीको डेढ अर्ब पाउने

Melamchi

मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेको चिनियाँ कम्पनीबाट धरौटीबापतको १ अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ ।

सन् २००९ मा कम्पनीले सरुङ खन्ने ठेक्का लिँदा हिमालयन बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । चिनको सर्वोच्च अदालतले जमानी बसकेको चाइना कन्स्ट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको रकम नेपाली बैंकलाई तिर्न आदेश दिएको मेलम्ची आयोजनाले जनाएको छ ।

सन् २०१३ मा ठेक्का तोडिएपछि मेलम्चीले धरौटी जफत गर्ने निर्णय गरी बैंक अफ काठमाडौं र हिमालयन बैंकलाई पत्र लेखेको थियो । तर, चिनियाँ बैंकले रकम नदिएको भन्दै दुई नेपाली बैंकले धरौटी दिन नसक्ने जवाफ दिएका थिए ।

योजनाको दबाबपछि दुवै बैंकले तत्कालीन पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले चाइना कन्स्ट्रक्सन बैंकबाट पैसा नआउँदासम्म धरौटीका लागि दबाब नदिन आयोजनालाई आदेश दिएको थियो ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु