गृहपृष्ठ पिकनिक गएका ८ जना चट्याङ लागेर घाइते

पिकनिक गएका ८ जना चट्याङ लागेर घाइते

chattyang-nweskarobar

बनभोज गएका त्रिभुवन विश्वविद्यालयका ८ जना विद्यार्थी चट्याङ लागेर घाइते भएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकस्थित घ्याम्पेडाँडामा पिकनिक खान गएका विद्यार्थीहरू घाइते भएका हुन् ।

त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्रका विद्यार्थीहरू पिकनिक खान शनिबार घ्याम्पेडाँडा गएका थिए ।

चट्याङ लागेर घाइते भएकामध्ये ७ जना उपचार गरी घर फर्केका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु