गृहपृष्ठ गंगामायाले बनाइन् राहदानी, न्याय खोज्न विदेश जाने
गंगामायाले बनाइन् राहदानी, न्याय खोज्न विदेश जाने
फाइल तस्बिर
गोरखा फुजेलकी गंगामाया अधिकारीले राहदानी बनाएकी छन् ।
अधिकारीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट राहदानी बनाएकी हुन् । छोराको हत्या भएको लामो समय बित्दा पनि न्याय नपाएको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न राहदानी बनाएको उनको भनाइ छ । यसअघि उनी गत पुस २५ गते पुल्चोकस्थित राष्ट्रसंघ भवन पुगेकी थिइन् ।
गंगामायाको राहदानी बनाउनका लागि उनको पक्षमा अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी तथा नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालले लविङ गर्दै आएका थिए । गंगाममायाले राहदानी लिदा उनीहरु समेत बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारवाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गंगामायालाई यसअघि नै सरकारले राहतस्वरूप एक करोड रुपैयाँ दिएको थियो । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले गत साउन पहिलो साता उनको नाममा खाता खोली एक करोड रुपैयाँ जम्मा गरिदिएको थियो ।
प्रकाशित समय १७:५८ बजे

















