गृहपृष्ठ मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ
मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय सप्तरिका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको जनाएको छ । अख्तियारद्वारा आइतबार जारी गरिएको विज्ञप्तीमा कार्यालयका नायब सुब्बा राम नारायण शर्मा र कम्प्युटर अपरेटर राजेश कुमार साहलाई पक्राउ गरिएको उल्लेख छ ।
‘मालपोत कार्यालय, सप्तरीमा कार्यरत कर्मचारी नायब सुब्बा राम नरायण शर्मा र कम्प्यूटर अपरेटर राजेश कुमार साहले मोही जग्गाको बाँडफाँड भई श्रेस्ता कायम गराइ दिने भनि विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजहरुले सेवाग्राहीसँग रू.३,०००।– (तीन हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा निजहरुकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको छ ।’ अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित समय १८:२५ बजे

















