गृहपृष्ठ ट्रिप्परको ठक्करबाट पाल्पामा एक जनाको मृत्यु

ट्रिप्परको ठक्करबाट पाल्पामा एक जनाको मृत्यु

फाइल तस्बिर

ट्रिप्परले ठक्कर दिँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । चुनढुंगा बोकेर भुकुटेबाट नवलपरासीतर्फ जाँदै गरेको रा १ ख १५११ नम्बरको ट्रिप्परले ठक्कर दिँदा ९ वर्षिया बालिका ममिता सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सारू निस्दी गाउँपालिका- ७ की बालिका हुन् । त्यस्तै सोही घटनामा अर्की बालिका गम्भीर घाइते भएकी छिन् । गम्भीर घाइते भएकी सोही स्थानकी ७ वर्षिया बालिका सुनिता बारघरेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु