गृहपृष्ठ सरकारले वर्ष दिनमै जनताको विश्वास गुमायो : कांग्रेस

सरकारले वर्ष दिनमै जनताको विश्वास गुमायो : कांग्रेस

प्रवक्ता शर्मा भन्छन्- बयलगाढा चढेर सागरमाथा चढ्न सकिन्न

congress-newskarobar

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले एक वर्षको अवधिमै जनताको विश्वास गुमाएको टिप्पणी गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जिम्मेवारी पूरा गर्नै नसकेर नागरिकको विश्वसनियता गुमाएको बताए । एक वर्षमा संविधान संशोधनको फाइल नखोलेको, डा.गोविन्द केसीसँगको सम्झौता तोडिएको, निर्मला पन्त प्रकरणका दोषीलाई बचाउन लागेको, बूढीगण्डकी जलविद्युत् आयोजना विदेशी कम्पनीलाई सुम्पिएको, कांग्रेसले ल्याएको सामाजिक सुरक्षा ऐनको श्रेय लिन असफल होड गरेको आरोप कांग्रेसको छ ।

केपी शर्मा ओलीले आफ्नो आफ्नो नेतृत्वमा सरकार गठन गरेको एकको अवजसरमा शुक्रबार उपलब्धि सार्वजनिक गरेपछि आज कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
प्रवक्ता शर्माले सरकार संघीयतालाई कमजोर पार्न लागिपरेको आरोप लगाए । सरकारले नियतवश संघीयतालाई कमजोर बनाउने काम गरिरहेको, शक्तिलाई केन्द्रिकृत गरेर प्रधानमन्त्री कार्यालयमा राखिएको, कर्मचारी समायोजन पक्रिया अस्तव्यस्त र प्रदेश सरकारलाई शक्तिशाली बनाउने काममा सरकार चुकेको बताए ।

प्रेसलाई नियन्त्रित र निरुत्साहित बनाउन सरकार लागिपरेको भन्दै प्रवक्ता शर्माले सरकारको कडा आलोचना गरेका छन् । सामाजिक सञ्जाललाई नियन्त्रित गर्न खोजेकोमा समेत कांग्रेसको आपत्ति छ ।

प्रवक्ता शर्माले भने, ‘एक वर्षमा सरकारको गति, मति र प्रवृत्ति हेर्दै गर्दा समृद्धि मिठो नारा मात्र होइन भने बयलगाढा चढेर सागरमाथा चढ्न सकिन्न भन्ने सरकारले स्मरण गर्नुपर्छ ।’

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु