गृहपृष्ठ बझाङमा जीप दुर्घटना, दुईको मृत्यु, ९ जना घाइते

बझाङमा जीप दुर्घटना, दुईको मृत्यु, ९ जना घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

चैनपुरबाट धामिखेल जाँदै गरेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना भएको हो । दुर्घटनामा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु