गृहपृष्ठ रुपन्देहीको बाउन्न कोटी तालको गुरुयोजना तयार

रुपन्देहीको बाउन्न कोटी तालको गुरुयोजना तयार

नन्द–भाउजू ताल, सिमसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर रहेको रुपन्देहीको बाउन्नकोटी सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना बनेको छ ।

अनुमानित ७५ करोड रुपैयाँ खर्चेर ५० बर्षे गुरुयोजना थालिएको हो । महालक्ष्मी इन्जिनियरिङ कन्सल्टेन्सीको समन्वयमा इन्जिनियर जिवन कुमार वन सहित सुदिप ढकाल र निशा वनले तयार गरेको नक्सांकनमाथि आइतबार छलफल भएको छ ।
हालको संरचनालाइ प्राकृतिक स्वरुपमा राख्दै डुंगा सयर, ताल र सिमसार क्षेत्रको सौन्दर्यकरण, बाल उद्यानको थप व्यवस्थित विकास, पिकनिक स्पोर्ट, भ्यू टावर निर्माण गरिने छ ।

यस्तै कलात्मक आकर्षण गेट निर्माण, साइकिलिङ ट्र्याक निर्माण, फुटबल मैदान र कर्भडहलको निर्माण गरिनेछ । यस्तै साँस्कृतिक कार्यक्रमका लागि आवश्यक भौतिक संरचना निर्माण गर्ने पनि गुरुयोजनामा उल्लेख छ । छेउछाउका बस्तीलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होमेस्टे सञ्चालन लगायतका अवधारणा पनि ल्याइएका छन् ।

एक सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा हाल तीन सय ८० जना सदस्य छन् भने साविक चिल्हिया, मधवलिया, टिकुलीगढ, पडषरी गाविसका चार हजार भन्दा बढी स्थानीयले लाभ लिएका छन् ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु