गृहपृष्ठ प्रतिनिधिसभाद्वारा सङ्घीय निजामती सेवा विधेयक स्वीकृत

प्रतिनिधिसभाद्वारा सङ्घीय निजामती सेवा विधेयक स्वीकृत

parliament-newskarobar

प्रतिनिधिसभाको सोमबारको बैठकले संघीय निजामती सेवा विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयक प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा संघीय मामिला तथा सामान्यमन्त्री लालबाबु पण्डितले ‘सङ्घीय निजामती सेवा विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको हो ।

छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासामा मन्त्री पण्डितले विधेयक संघीयताको मर्मविपरित नरहेको स्पष्ट पार्दै यसले समावेशीको सिद्धान्तलाई आत्मसात् गरी कर्मचारीलाई सक्षम बनाउने व्यवस्था गरेको बताए । उनले राष्ट्रसेवकको मनोबल उच्च बनाई सरकारका सेवा प्रवाह र विकासमा इमान्दारीपूर्वक जिम्मेवारी पूरा गराउनु पर्ने आवश्यकता रहेकाले सोही मर्मअनुसार विधेयकमा व्यवस्था गरिएको बताए ।

मन्त्री पण्डितले सांसदहरुका सुझावलाई समेटेर विधेयक परिष्कृत गरिने उल्लेख गरे । प्रस्तावमाथिको छलफलमा सांसदहरु गङ्गा चौधरी सत्गौवा, आशाकुमारी विक, भरतकुमार शाह, रेखा शर्मा, राजेन्द्रकुमार केसी, रामकुमारी झाँक्री, पार्वतीकुमारी विशुङ्खेलगायतले विधेयकका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु