गृहपृष्ठ नवनियुक्त राजदूतले सपथ लिए

नवनियुक्त राजदूतले सपथ लिए

नवनियुक्त चार जना राजदूतले सोमबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

सोमबार सपथ लिने राजदूतहरूमा कृष्णप्रसाद ढकाल, उदयराज पाण्डे, दुर्गाप्रसाद भण्डारी र दीपक अधिकारी छन् । जसमा ढकाल संयुक्त अरब इमिरेट्स, पाण्डे मलेसिया, भण्डारी कुवेत र अधिकारी फ्रान्सका राजदूत नियुक्त भएका थिए ।

प्रकाशित समय १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु