गृहपृष्ठ गृहमन्त्री ज्यू तपस्वी बमजनमाथि कारबाही किन भएन ?

गृहमन्त्री ज्यू तपस्वी बमजनमाथि कारबाही किन भएन ?

rambdr-bamjan-newskarobar

बुधबारको राष्ट्रियसभा बैठकमा नेकपाकी सांसद कोमल वलीले गृहमन्त्री राम बहादुर थापा ‘बादल’लाई प्रश्न गरिन्, लिटिल बुद्ध रामबहादुर बमजनलाई किन कारबाही हुन सकेन ?

कोमल वलीको यो प्रश्नमा जवाफ दिँदै गृहमन्त्री थापाले भने, सरकारले यसलाई हल्का रूपमा लिएको छैन, यसको बारेमा छानबिन भइरहेको छ ।

बमजनका सम्बन्धमा एक पछि अर्कै गर्दै समाचार आइरहँदा पनि उनीउपरको कारबाही प्रकृया अघि नबढाइएकोप्रति लक्षित थियो कोमल वलीको प्रश्न । बुधबार राष्ट्रियसभाको बैठकमा सोही विषय उनले उठाइन् । ‘लिटलल बुद्ध रामबहादुर बमजनको अपराध र क्रियाकलाप बाहिर आफैं आएर पीडित युवतीहरूले भन्दा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ?’ उनको प्रश्न थियो ।

उनको प्रश्नको जबाफ दिँदै गृहमन्त्री थापाले भने, ‘राज्यले यसलाई गम्भीरताका साथ लिएको छ । यसको बारेमा सरकारले छानबिन गरिरहेको छ । मिडियामा पनि आएको छ । यसलाई सरकारले हल्का रूपमा लिएको छैन ।

यो पनि पढ्नुहोस् ।

बम्जन आश्रम शंकाको घेरामा, सुकेको ढोड बाल्न मट्टितेलको प्रयोग

बमजनमाथि लगाइएका आरोप आधारहीन !

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु