गृहपृष्ठ समाज कल्याण परिषद्का उपाध्यक्षसहितका पदाधिकारी बर्खास्त
समाज कल्याण परिषद्का उपाध्यक्षसहितका पदाधिकारी बर्खास्त
सरकारले समाज कल्याण परिषद्का उपाध्यक्षसहित पदाधिकारीलाई बर्खास्त गरेको छ । परिषद्का उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरू राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको जानकारी अनुसार बद्नियतपूर्ण र कानुनविपरित काम गरेको भन्दै पदमुक्त गरिएको जानकरी दिए ।
मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले फागुन ३ गतेको मन्त्रिपरिषद्ले परिषद्का पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रकाशित समय १४:३५ बजे

















