गृहपृष्ठ कांग्रेस सांसद केसीले दिने भए पशुपति शर्मालाई ५१ हजार

कांग्रेस सांसद केसीले दिने भए पशुपति शर्मालाई ५१ हजार

surya_bahadur_kc

नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीले गायक पशुपति शर्मालाई ५१ हजार रूपैयाँ सहयोग दिने घोषणा गरेका छन् । शर्माको ‘लुट्न सके लुट’ बोलको गीत युट्युबमा अपलोड भएसँगै चर्चा र विवादमा आएको थियो । सोही गीतका गायक शर्मालाई केसीले ५१ हजार सहयोग दिने घोषणा गरेका हुन् ।

संसद बैठकमा अमरेसले भने- पशुपति शर्मालाई पच्चिस हजार दिन्छु

यसअघि नेपाली कांग्रेसकै सांसद अमरेश कुमार सिंहले संसद बैठकमै शर्मालाई अधा महिनाको तलब दिने घोषणा गरेका थिए ।

शर्माको उक्त गीत युट्युबमा अपलोड भएसँगै विवादित बनेको थियो । गीतमा प्रयोग भएका शब्दलाई लिएर दुई तर्फी धारणा आईरहँदा सांसद केसीले उक्त सहयोगको घोषणा गरेका हुन् ।

बुधबार पोखरामा आयोजित एक कार्यक्रममा सांसद केसीले यस्तो घोषणा गरेका हुन् । उनले गीतले भ्रष्टाचारविरूद्ध आवाज उठाएकाले त्यसलाई प्रोत्साहन दिन उक्त सहयोगको घोषणा गरेको उल्लेख गरे ।

यो पनि पढ्नुहोस् ।

संसदमा नेकपा सांसदको व्यंग्य- कांग्रेसलाई ‘पशुपति’ले रक्षा गरून्

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु