गृहपृष्ठ लेखा समितिका सदस्यहरू समितिको कामप्रति असन्तुष्ट

लेखा समितिका सदस्यहरू समितिको कामप्रति असन्तुष्ट

lekha-samiti

संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिका सांसदहरूले समितिको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूले समितिको प्रभावशून्य भएको भन्दै असन्तुष्टि जनाए ।

सांसदहरूले समितिले दिएको निर्देशन कार्यान्वयन भए-नभएको सम्बन्धमा अनुगमन फितलो भएकोमा असन्तुष्टी जनाएका हुन् । समितिले वाइडबडी विमान खरिद प्रकृयामा समितिले दिएको निर्देशन कार्यान्वयन भए नभएको, कारबाहीको सिफारिस नगरिएकोमा असन्तुष्टि जनाए ।

सांसद प्रेमबहादुर आलेले समितिको निर्देशन कार्यान्वयन नगर्ने मन्त्रालयलाई बोलाएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । सांसद आलेले वाइडबडी प्रकरणमा समिति अन्तर्गतको उपसमितिलाई झूठा विवरण उपलब्ध गराउने नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारबाहीको सिफारिस गर्न माग गरे ।

त्यस्तै अर्का सांसद हृदयेश त्रिपाठीले समितिको निष्कर्ष कार्यान्वयन गराउन मापदण्ड बनाउन सुझाए । उनले समसामयिक विषयमा आवश्यक निर्देशन दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु