गृहपृष्ठ प्रधानसेनापति थापा र बेलायतका रक्षामन्त्रीबीच भेटवार्ता
प्रधानसेनापति थापा र बेलायतका रक्षामन्त्रीबीच भेटवार्ता
प्रधानसेनापति पूर्णचन्द्र थापा र बेलायतका रक्षामन्त्री मार्क ल्यान्कास्टरबीच बिहीबार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा प्रधानसेनापति थापा र मन्त्री ल्यान्कास्टरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
भेटका क्रममा मन्त्री ल्यान्कास्टरले प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको भन्दै भविष्यमा सहकार्य समेत गरी अगाडि बढ्न सकिने धारणा राखेका थिए ।
प्रकाशित समय १९:४६ बजे

















