गृहपृष्ठ नेम्वाङले अख्तियारलाई बुझाए पाठकले घुस लिएको भिडियो
नेम्वाङले अख्तियारलाई बुझाए पाठकले घुस लिएको भिडियो
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो अख्तियारको अनुसन्धान टोलीलाई बुझाएका छन् ।
अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले नेम्वाङलाई फोन गरेर भिडियो पठाइदिन आग्रह गरेका थिए । ‘पाठकलाई महाभियोग लगाउन जम्मा गरेको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेको छु’, नेम्वाङले भने, ‘सिंहदरबार आएर उहाँहरुले दुई वटा भिडियो लैजानुभयो ।’
यसअघि केही मिडियाबाट भिडियो सार्वजनिक भएलगत्तै पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए । सार्वजनिक संस्थामा दर्ता रहेको भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजलाई प्राइभेट बनाउने गरी मुद्दा मिलाउन पाठकले ७६ लाख घुस लिएका लिए ।
उनले घुस लिएको समाचार र भिडियो सार्वजनिक भइसकेको छ । अख्तियारले सहसचिवको नेतृत्वमा तीन सदस्यीय टोली बनाएर पाठकको विषयमा छानबिन गरिरहेको छ ।
प्रकाशित समय १९:५० बजे

















