गृहपृष्ठ गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद ओलीको निधन

गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद ओलीको निधन

गाडी दुर्घटनामा घाइते भएका प्रदेश पाँचका सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा गएराति साढे १ बजेतिर निधन भएको हो । सांसद ओली गत माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते भएका थिए । उनको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिदै छ ।

ओली प्रदेशसभा निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर(ख) बाट विजयी भएका थिए ।

प्रकाशित समय ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु