गृहपृष्ठ प्रदेश ५ सरकारद्वारा सडक सुरक्षा सुझाव समिति गठन

प्रदेश ५ सरकारद्वारा सडक सुरक्षा सुझाव समिति गठन

Lila-giri-newskarobar

प्रदेश ५ सरकारले सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेशका प्रमुख न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा गठित समितिले सडकको सुरक्षाको विषयमा अध्ययन र अनुसन्धान गर्नेछ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव रहने गरी सडक सुरक्षा सुझाव समिति गठन गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गरीले जानकारी दिए । समितिले गठन भएको दुई महिनाभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ ।

बैठकले दुईवटा पालिकाको केन्द्र परिर्वतनका लागि आएको प्रस्तावलाई संघीय सरकारसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ । दाङको शान्तिनगर गाउँपालिकाको चिराघाटमा रहेको केन्द्र परिर्वतन गरी वडा नम्बर ४, जुम्लेकुँलामा सार्ने तथा बाँकेको जानकी गाउँपालिकाको खजुराखुर्दमा रहेको केन्द्रलाई वडा नम्बर ३ स्थिति बाबाकुटीमा सार्ने प्रस्ताव गाउँपालिकाबाट आएको थियो । यस्तै, मन्त्रिपरिषद बैठकले शुक्रबार निधन भएका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको शोक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु