गृहपृष्ठ बेलायतस्थित नेपाली समुदायलाई अर्थमन्त्रीले भने- लगानी बोर्डमार्फत विकासमा आउनुस्

बेलायतस्थित नेपाली समुदायलाई अर्थमन्त्रीले भने- लगानी बोर्डमार्फत विकासमा आउनुस्

arthamantri_uk

अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसँग छलफल गरेका छन् । ब्रिटिस एक्सपर्टिज इन्टरनेसनल (बिइआई) ले आयोजना गरेको नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा खतिवडाले नेपालमा लगानीको अवसर, वातावरण र सम्भावनाका बारेमा स्पष्ट पारेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खतिवडाले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभहरु बारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराएका थिए । नेपालमा लगानीका लागि सरकारले लगानी बोर्डलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गरेकाले त्यसै मार्फत ठूला व्यवसायी तथा लगानीकर्तालाई सोही बोर्ड मार्फत एकद्वार सेवा उपलब्ध गराउने पनि उनले स्पष्ट पारे ।

सम्बन्धित कानुनको परिर्माजन र तर्जुमा नीतिगत तथा प्रशासनिक सुधार गरी लगानी प्रवर्द्धन गर्ने मैत्रीपूर्ण वातावरणको निर्माण गरेको उनले बताए ।

लगानी सम्मेलनबाहेक वैदेशिक लगानी प्रर्बद्धनका नियमित क्रियाकलाप के–के छन् भन्ने जिज्ञासामा अर्थमन्त्री खतिवडाले नियमित रुपमा विदेशस्थित नेपाली नियोगलाई आर्थिक कुटनीतिको लागि परिचालन गर्ने, सूचना प्रविधिको अधिक उपयोग गर्दै लगानी बोर्ड, उद्योग मन्त्रालय आदिका वेभसाइत मार्फत लगानी प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गर्नेलगायत सरकारका नीति कार्यक्रम तथा वार्षिक बजेटमार्फत यसको सम्बोधन गर्ने विषयमा संघमा आवद्ध संस्थालाई प्रष्ट पारे ।

कार्यक्रममा नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण दिन सरकार तयार रहेको समेत विश्व समुदायलाई विश्वास दिलाए । चैत १५ र १६ गते नेपाल ठूला लगानीकर्ता आकर्षित हुन भन्नको लागि आयोजना हुन लागेको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप खतिवडा बेलायत गएका हुन् ।

प्रकाशित समय १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु