गृहपृष्ठ एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

NCCbank-premier-insurance-newskarobar

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु