गृहपृष्ठ ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन घाइते
ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन घाइते
ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि शक्तिशाली वम विस्फोट भएको छ । विस्फोटमा तीनजना घाइते भएका छन् । विस्फोटबाट नजिकै रहेको घरका सिसा फुटेका छन् ।
घाइतेहरूको मेडिसिटी अस्पताल, बी एन्ड बी र अल्का अस्पतालमा उपचार भइरहेको डीएसपी अपिलराज बोहराले जानकारी दिए । विस्फोट भएलगत्तै एसएसपी रविन्द्र धानुकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।
विस्फोट कसले गराएको भन्नेबारे थाहा भइनसकेको डीएसपी बोहोराले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित समय २०:४६ बजे

















