गृहपृष्ठ परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वीट्जरल्यान्ड जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वीट्जरल्यान्ड जाँदै

pradip_gyanwali_newskarobar

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वीट्जरल्यान्ड भ्रमणमा जाँदैछन् । स्वीटजरल्यान्डको जेनेभामा हुने राष्ट्रसंघीय मानव अधिकार परिषदको ४४ औं सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् ।

फागुन १३ गते उद्घघाटन हुने सम्मेलनमा मन्त्री ज्ञवालीले फागुन १४ गते सम्बोधन गर्ने कार्यक्रम छ । फागुन १५ गते उनले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तसँग भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले विभिन्न देशका परराष्ट्रमन्त्री र संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखसँग साइडलाइन भेट गर्ने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्री ज्ञवालीले स्वीट्जरल्यान्डमा रहँदा गैरआवासीय नेपाली संघ र नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनेछन् । मन्त्री ज्ञवाली फागुन १६ गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित समय २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु