गृहपृष्ठ नख्खु बम विस्फोटमा गम्भीर घाइते सिंहप्रताप गुरुङको मृत्यु

नख्खु बम विस्फोटमा गम्भीर घाइते सिंहप्रताप गुरुङको मृत्यु

विस्फोटको आशंकामा ६ जना पक्राउ

फाइल तस्बिर

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडी शुक्रबार बेलुकी भएको बम विस्फोटमा गम्भीर घाइते भएका सिंहप्रताप गुरुङको मृत्यु भएको छ ।

एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङ मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । उनको एक खुट्टा बलमे चुडाएको थियो ।

बम विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका–४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभे बनेपाकी मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार जारी छ ।

विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनिहरुमाथि अनुसन्धान जारी रहेको जाउलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रबहादुर धानुकले जानकारी दिए ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु