गृहपृष्ठ पोखरामा एनसेलको टावरमा आगजनी
पोखरामा एनसेलको टावरमा आगजनी
सांकेतिक तस्बिर ।
पोखरा महानगरपालिका–२७, बडहरेमा रहेको एनसेलको टावरमा आगजनी भएको छ ।
शुक्रबार राति १० बजे समयमा अज्ञात समूहले आगजनी गरेको हो । राति आगलागी भएकाले दमकल जाँदाजाँदै भवनको केही भाग जलेको कास्की प्रहरीले जनाएको छ । स्थानीय र प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिए पनि बाँकी रहेको सामान पनि काम नलाग्ने अवस्थामा छ ।
आगलागीबारे खुल्न नसकेकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेल कार्यालय गेटमा प्रेसर बम विस्फोट हुँदा एक जनाले ज्यान गुमाइसकेका छन् भने दुई जना घाइतेको उपचार जारी छ ।
प्रकाशित समय ०९:२२ बजे

















