गृहपृष्ठ बम आतंक : विप्लव समूहको संलग्नता रहेको आशंका

बम आतंक : विप्लव समूहको संलग्नता रहेको आशंका

bisfot-newskarobar
  • शुक्रबार राति करिव ८ बजे ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बिष्फोट भयो । लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुडको मृत्यु भयो । अरु २ जना घाईते भएका छन् । काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धर र ललितपुर ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्काको उपचार भईरहेका छ ।
  • सोही समयमा काठमाडौंको कमलपोखरीस्थित लोहोत्से चोकमा बम बिस्फोट भयो । आँगन स्वीट्सभित्र अर्को प्रेसर कुकर बम फेला परेपछि
    नाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्यो ।
  • त्यही समय आसपासमा नै कञ्चनपुरमा एनसेलको टावरमा आगजनी भयो । शुक्लाफाटा नगरपालिका वडा नं। ४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि आगजनी भयो ।
  • शुक्रबार राति करीब १० बजेको समयमा पोखरा महानगरपालिका वडा २७ चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमासमयमा आगजनी भयो ।
  • यस्तै राती २ बजे नुवाकोटको विदुर नगरपालिका–२ अशोकवाटिका डँंडामा रहेको एनसेलको टावरमा शुक्रबार आगजनी भयो । आक्रमण गर्ने व्यक्ति तथा समूहको पहिचान भइसकेको छैन ।

000

अचानक देशैभर बम विष्फोट र आगजनीका घटना भए । शुक्रबार एकैरात फरक फरक ५ स्थानमा घटना हुनुअघि प्रहरीले कुनै सुईको समेत पाएन । सरकारले सूचना संकलनकै लागि राष्ट्रिय अनुसन्धान विभागको ठूलो टोली परिचालन समेत गरेको छ । नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरीले समेत यस्ता विषयको निगरानी गरिरहेका हुन्छन् ।

तर एकैपटक असामान्य रुपमा बम आतंक फैलाउँदा समेत सूचना थाहा नपाउनु सरकारको ठूलै कमजोरीका रुपमा लिन सकिने सुरक्षाबिद्हरु बताँउछन् । परिचय नखुलेको समूहले जताततै बम विस्फोट गराएको हल्ला फैलिएपछि शुक्रबार रातिबाटै भने प्रहरीले देशभर सुरक्षा सर्तकता बढाएको छ ।

घटनामा संलग्न भएको आशंकामा काठमाडौबाट ६ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर उनीहरुको नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
‘देशभैभरी सुरक्षा सर्तकता बढाएका छौँ, अनुसन्धान जारी छ, दोषिको पहिचान गर्ने क्रममा छाँै, प्रवक्ता सुवेदीले न्युज कारोबारसंग भने, ‘के कारणले बम तथा आगजनी भयो, छिट्टै सत्य–तथ्य बाहिर ल्याउँछौं ।’

यता महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकका अनुसार नख्खुमा बम कस्ले पड्कायो भन्नेबारे अनुसन्धान जारी छ ।

प्रारम्भिक अनुसन्धान अनुसार नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको संलग्नता हुनसक्ने आशंका छ । यसअघि २०७३ सालमा सोही विप्लव समूले एनसेलको विभिन्न टावरमा अक्रमण गरेको थियो । टेलिफोन सेवा प्रादायक कम्पनी ऐनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरेको, सर्वोच्चको आदेश पालना नगरेको, सेवाका नाममा ग्रहाकलाई ठगेको जस्ता विषय उठाएर विप्लव समुहले एनसेलविरुद्ध कारबाही गर्ने चेतावनी दिएको थियो ।

यसैले यस घटनामा उसैको संलग्नता रहेको अनुमान गरिएको छ । प्रहरी प्रवक्ता सुवेदी भन्छन्, ‘केही दिनअघि चन्दा माग्न केही समुह एनसेल कार्यालय गएको र धम्की समेत दिएका थिए भन्ने खबर आएको हो, तर बम कसले विस्फोट गरायो भन्ने अनुसन्धान भइरहेको छ ।’

लगानी सम्मेल भाड्न बम आतंक
सरकारले आउदो चैतमा लगानी सम्मेलन आयोजना गरेको छ । देशमा विकास उद्योग धन्दा निर्माणको लागी लगानी जुटाउनका लागि लगानी सम्मेलनको आयोजना गर्न लागेको हो । उद्योग, ऊर्जा, यातायात, आवास, पूर्वाधार, कृषिलगायतका क्षेत्रमा लगानी बढाउन गरिन लागेको सम्मेलन भाड्नको लागी केही तत्व सक्रिय रहेको प्रधानमन्त्रीले नै भनेका थिए ।

गएको मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा चैत दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु सक्रिय छन् सतर्क हुनुपर्छ भनेर बताएका थिए । प्रधानमन्त्रीले भने जस्तैसम्मेलन भाँड्ने तत्वले बम आतंक गरेका त होइन भन्ने आशंका उब्जिएको छ ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु