गृहपृष्ठ रेड पाण्डाको छालासहित एकजना पक्राउ

रेड पाण्डाको छालासहित एकजना पक्राउ

pakrau_rukum

रेड पाण्डाको छालासहित रुकुम पश्चिमका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेड पाण्डाको ३ थान छाला सहित बाफीकोट गाउँपालिका-३  रुकुम पश्चिम कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो ।

शुक्रबार मुसीकोट नगरपालिका-१ गिल्वाङमा ग ५ प ११६५ नम्बरको मोटरसाइकलमा सदरमुकामतर्फ आइरहेको अवस्थामा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयल प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

विकले बोकेको झोलाभित्र रेड पाण्डको छाला बरामद भएको उनले बताए । शुक्रबार पक्राउ परे पनि प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति तथा बरामद रेड पाण्डाको छाला सार्वजनिक गरेको हो । मोटरसाइकल पछाडि बस्ने नामथर र ठेगाना नखुलेका प्रतीक भनिने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ ।

प्रतीकलाई नियन्त्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको डीएसपी खड्काले बताए । नियन्त्रणमा लिने क्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हबल्दार थिरबहादुर विष्ट घाइते भएका छन् । विष्टको खुट्टामा गहिरो चोट लागेको बताइएको छ ।

मोटरसाइकल पछाडि बस्नेको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु